विभिन्न घटनामा तीन जनाको मृत्यु

विराटनगर । मोरङ र झापामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मोरङको उर्लावारी नगरपालिका ७ का २८ बर्षीय नविन बिकको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधवार साँझ घरनजिकै रहेको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाईते भएका बिकको उपचारको लागि गोदावरी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

यता मोरङको रंगेली नगरपालिका १ का ४९ बर्षीय खड्ग बहादुर मगरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर घटनास्थलमा नै मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

उता सनो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका २ झापाका १५ बर्षीय राजु भण्डारी मृत फेला परेका छन् । बुधवार साँझ ७ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका बालकको खोजतलास गर्ने क्रममा बिपद ब्यबस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान बगाएको स्थानभन्दा करिव ५० मिटर दक्षिण मृत फेला पारेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहिबार, ०४ भदौ, २०७७, बिहानको ११:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर