कसरी भयो प्रहरीको गणमा कोरोना संक्रमण ?

नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानीमा कार्यरत थप ४२ जना र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत २ जना गरी ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

विराटनगर । जनताको प्रत्यक्ष सम्र्पकमा रहने नेपाल प्रहरीका कनिष्ठ तहका प्रहरीहरूमा कोरोना संक्रमण बढ्दै गएको छ  ।

मंगलबार मात्र एकै दिन विराटनगरस्थित नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानीमा कार्यरत थप ४२ जना र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत २ जना गरी ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये कनिष्ठ तहका संक्रमित बढी रहेका छन् ।

विराटनगरमा १२ मा मंगलबार ५० जना संक्रमण देखिएको मध्ये ४४ प्रहरीमा संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य निरीक्षक तथा कोभिड १९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिनुभयो । ‘प्रदेश प्रहरी कार्यालय विराटनगर १२ मा पर्ने भएकोले यस वडामा आज ५० जनामा संक्रमण देखिएको हो,’ उहाँले भन्नुभयो, ‘बाँकी ६ जना अरु स्थानीयमा देखिएको छ ।’

यसअघि पनि प्रदेश प्रहरी कार्यालयका कार्यरत १९ र ६ जना गरी २५ जनामा संक्रमण पुष्टि भइसकेको छ । हालसम्म सशस्त्र प्रहरी गणमा मात्र ६३ जना संक्रमित भएका छन् ।

सशस्त्र प्रहरी गण प्रदेश १ प्रहरी कार्यालयसँगै जोडिएको छ । एसपीको नेतृत्वमा रहने गण ‘रिजर्ब फोर्स’ राख्ने नेपाल प्रहरीको युनिट हो । ‘रिजर्ब फोर्स’लाई आवश्यकताअनुसार जुनसुकै ठाउँमा पनि परिचालन गर्ने गरिएको छ । बाहिरबाट पनि प्रहरी ल्याएर गणमा राख्ने गरिएको छ । यसअघि साउन ७ गते पहिलो पटक प्रदेशमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसपछि नेपाल प्रहरीभित्र संक्रमण फैलन थालेको हो । गणमा कार्यरत प्रहरीमा प्रदेशमै संक्रमण भएकाबाट कोरोना पुग्यो कि अन्यत्रबाटै सल्कियो भन्ने एकिन भइसकेको छैन ।

प्रहरीभित्र संक्रमण बढ्दै गएपछि गणलाई शिल गरिएको बताइएको छ । संक्रमण अन्यत्र फैलन नदिन बाहिर भित्र आउजाउ बन्द गरिएको हो । प्रदेशमा संक्रमित प्रहरीको संख्या १ सय २८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये ३८ जना प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।

यसअघि झापाको काँकडभिट्टास्थित सीमा सुरक्षा बेसक्याम्पमा कार्यरत २० जनामा संक्रमण पुष्टि भएको भइसकेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रहरीमा संक्रमण देखिएको कन्ट्रयाक टे«सिङ गरि संक्रमितको सम्र्पकमा आएको संक्रमितहरुको स्वाब संकलन कार्यलाई तिव्रता दिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दिपक पोखरेलले बताउनु भयो ।

एक पछि अर्को गर्दै प्रदेश प्रहरीभित्र संक्रमण फैलिन सक्ने जोखिम बढेको छ  । प्रहरीमा देखिएको संक्रमण कसरी देखियो पुष्टि भइसकेको छैन । प्रहरीको संक्रमण स्रोत पत्ता नलागेसम्म थप संक्रमित बढ्न सक्ने देखिएको छ । संक्रमण पुष्टि भएका प्रहरीको उपचार भइरहेको छ । ‘फिल्डमा खटिने धेरै प्रहरी संक्रमणको जोखिममा छन । हामीले जोखिमबाट बच्ने प्रोटोकलको कडा पालना गराइरहेका छौं,’ एसपी पोखरेलले भन्नुभयो । संक्रमणको स्रोत पुष्टि नभइसकेकाले प्रहरीमा कार्यरत अन्यमा पनि संक्रमणको जोखिम देखिएको छ  ।

प्रवक्ता एसपी पोखरेलले संक्रमण पुष्टि भएपछि प्रदेश कार्यालय शिल गरिएको र अत्यावश्यक सेवा अनलाइनमार्फत दिन थालिएको बताउनु भयो । संक्रमित संख्या नखुलाएपनि एसपी पोखरेलले संक्रमितमध्ये आधा प्रहरी निको भएको बताउनु भयो ।

मङ्गलबार, ०२ भदौ, २०७७, रातीको ०८:०७ बजे

प्रतिक्रिया

  1. बिराटनगर को दरैया र ईस्लामपुर बाट खुलेआम तस्करी हुंदैछ, त्यंही बाट संक्रमित भएका हुन ।

प्रतिक्रिया:

सम्बन्धित खवर