हेन्ड स्यानिटाईजरको असर कति ?

 रिसभ आचार्य

नेपालमा सम्भवतः कोरोना भाइरसको पहिलो केश देखा परेपछि मानिसमा एक हिसाबको डर पस्यो ।आम नेपाली जनताले हात धुने र सफा राख्ने उपायामा पनि जोड दिन थालियो । पुरानो समय स्यानिटाईजर नै प्रयोगमा नल्याउने मानिसहरूको जमात धेरै थियो । तर अहिले स्थिति फेरिएको छ । विभिन्न ब्राण्ड र लेभल टाँसिएका स्यानिटाईजर हामी सजिलै बजारमा खरिद गर्न पाउँछौं । विभिन्न रङ र बास्नाको कुरा त भइ नै हाल्यो । हामी सामाजिक संजालहरूमा वृद्धहरूले स्यानिटाइजरलाई पन्चामृत सम्झिएर सुरुप्प पारेको विभिन्न भिडियोहरू भाइरल भए । सरसर्ती हेर्दा अहिले पर्स बोक्न भुले पनि मानिसहरू स्यानिटाईजरको बोतल बोकेर हिंड्छ्न् ।

तर आम मानिसलाई यसको प्रयोग र मात्राको बारेमा बिरलै थाहा होला । सायद हामीलाई यसको बारेमा जानकारी कसैले नगराएर पनि हो भन्दा दुइमत नहोला । स्यानिटाईजर दल्ने बित्तिकै कोरोना भाईरसका सम्पूर्ण किटाणु मर्ने आम मानिसको बुझाइ छ । अप्रील २०२० मा ईन्टरनेशनल जर्नल अफ ईन्भाईरोमेन्टल रिसर्च एन्ड पब्लिक हेल्थको रिभ्यू पेपरमा अल्कोहल बेस्ड स्यानिटाईजर बारेमा सोधकर्ताको अनुसार अल्कोहलको मात्रा भएको स्यानिटाईजर बढी मात्रामा प्रयोग गर्दा हाम्रो शरीरमा रहेको स्वास्थ्यवर्दक किटाणु (हेल्दी ब्याक्टेरिया) लाई पनि नष्ट गर्दछ । र शरीरलाई चाहिने किटाणु पनि मार्दछ । धेरै प्रयोगले ‘इरिट्यान्ट कन्ट्याक्ट डर्माटाईटिस’ हुने सम्भावना बढी हुन्छ । जसको कारण छाला सम्बन्धि समस्या हुने र रातो दाग हरु देखा पर्न सक्छ र छाला चिलाउने रोग उत्पन्न हुन सक्छ ।

अझ महत्वपूर्ण कुरा छालामा भएको बोसोको तह (लेयर) घोलिने किसिमको हुन्छ । यसले भित्रसम्म छालाको प्वालहरु खोलिदिन्छ । र हानिकारक किटाणु प्रवेश गरेर छालासम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । धेरै स्यानिटाईजरको प्रयोगले पनि ब्याक्टेरिया धेरै ‘स्ट्रङ’ हुने र एन्टिबाओरिजहरुले काम गर्न छोड्ने सम्भावना प्रवल हुन्छ । जुन यो कोभिड १९ भन्दा धेरै नै खतरानाक पनि हुन सक्छ ।

वैज्ञानिकहरूका अनुसार हातमा लाउने स्यानिटाईजर चाहिँ साबुन र पानी नपाएको अवस्थामा मात्र प्रयोग गर्दा हितकर हुन्छ । तर हाम्रो ठाउँमा अहिले हेर्दा विभिन्न बैंक, संस्थाहरुमा स्यानिटाईजर दिने चलन छ र हामी दिनमा नै ८÷१० पटक वा त्यो भन्दा बढी पटक पनि प्रयोग गरिरहेका हुन्छौं । तर आउने दिनमा धेरै प्रयोगले गर्दा शरीरमा नकारात्मक असर देखिन सक्छ। कोभिड १९ समयको अन्तरालमा भ्याक्सिनको प्रयोगले निको होला तर स्यानिटाईजरको असर भने अझ धेरै समयसम्मको लागि रहन सक्छ । त्यसैले स्यानिटाईजरको प्रयोग भन्दा बढी साबुन पानी ले हात धुने बानी बसालौं । यसैमा सबैको स्वास्थ्यका लागि हितकर हुन्छ। अन्त्यमाः कोभिड–१९ को संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाउँ ।

लेखकः प्लान्ट रसायनका विषयमा अनुसन्धान गरिरहेका विद्यार्थी हुन् ।

आइतबार, ३२ साउन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर