सुनसरीको नरसिंहमा एक युवाको हत्या

सुनसरी । सुनसरीको नरसिंह गाउँपालिकामा एक जना युवाको विभत्स तरिकाले हत्या भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका २१ बर्षिय युवा गुनानन्द यादवको हत्या भएको हो । विभत्स ढंगबाट हत्या गरी स्थानीय सुनसरी खोलामा उनकोे शव फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले जानकारी दिनुभयो ।

हत्या के कारणले भएको भन्ने बिषयमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ । हत्या गरेको आरोपमा शंकास्पद ६ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक शर्माले बताउनु भयो । हात खुट्टा बाधेर बोरा भित्र ढुगां हालेर सुनसरी खोलामा फालेको अवस्था शव फेला परेको हो ।

तस्बिर : प्रमोद यादव

शनिबार, ३१ साउन, २०७७, दिउँसोको १२:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर