विराटनगर । संक्रमितको संख्या बधेसगौ प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ ।
शुक्रबार एकैदिन २ हजार २०५ जनाको कोरोना परीक्षण भएको छ ।
प्रदेश १ मा एकैदिन पिसिआर बिधिबाट भएको कोरोना परिक्षणको यो अहिलेसम्मकै उच्च संख्या हो । प्रदेशमा शुक्रबार ९५ जना कोरोना संक्रमित देखिएका छन् भने ३५ जना कोरोनामुक्त भएका छन् ।
हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जसमा १ हजार ८ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेहरुको संख्या १ हजार ७५ रहेको छ ।
प्रदेश १ मा सबैभन्दा धेरै मोरंगमा संक्रमण देखा परेको छ । त्यस्तै क्रमशः झापा, सुनसरी र उदयपुरमा संक्रमणको दर बढी छ ।