विराटनगरको कोभिड-१९ अस्पतालमा एक संक्रमितको मृत्यु

विराटनगरमा कोरोनाको कारणले मृत्यु हुनेको संख्या पाँच पुग्यो

विराटनगर। विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका विराटनगर ३ का ५७ वर्षिय पुरूषको बुधबार अपरान्ह ५ बजे मृत्यु भएको अस्पतालका डा. दिपक सिग्देलले जानकारी दिनुभयो ।

दम र सुगरका विरामी उनमा साउन २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या बढेपछि सोमबार अस्पताल भर्ना भएका उनलाई अक्सिजन दिएर राखिएकोमा मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारयण यादवले जानकारी दिनुभयो ।

मृतक नेपाल विद्युत प्राधिकरणका कर्मचारी भएको खुलेको छ । अस्पतालमा भर्ना हुँदै अक्सिजनको मात्रा ८४ प्रतिशत मात्र रहेकोमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

योसँगै विराटनगरमा कोरोना कारणले मृत्यु हुनेको संख्या पाँच पुगेको विराटनगर ५ का ७७ वर्षका एक जना वृद्धाको कोशी अस्पतालमा मृत्यु भएको थियो । यस्तै विराटनगर ९ का २ जना र १० का १ जनाको पनि कोरोनाबाटै मृत्यु भइसकेको छ ।

बुधबार, २८ साउन, २०७७, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर