विराटनगर । तमोर नदीले बगाएर ताप्लेजुङको फक्त्ताङलुङ गाउँपालिका बस्ने १५ बर्षीय एक बालक बेपत्ता भएका छन् ।
शनिबार दिउँसो १२ बजे साथीहरुसँग पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा फक्त्ताङलुङ–४ का हर्कबहादुर लिम्बुका १५ बर्षीय छोरा शुक्रबिर लिम्बु बेपत्ता भएका हुन । घटनाबारे जानकारी हुनासाथ शिवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा बालकको खोजतलाश गरिरहेको जनाएको छ ।