कोशीमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

विराटनगर । कोशी अस्पताल विराटनगरमा बुधबार मृत्यु भएका विराटनगर ९ का पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

मंगलबार राति श्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएका विराटनगर–९ गुद्रीका का ४५ वर्षीय पुरुषको बुधबार १ः३० बजे मृत्यु भएको थियो । उनी गुद्रीका शब्जी व्यापारी रहेको खुलेको छ ।

कोरोना संक्रमण भएको आशंकामा उनको बुधबार विहान १० बजे स्वाब संकलन गरिएकोमा अपरान्ह ४ बजे पोजेटिभ रिपोर्ट आएको कोशी अस्पतालका डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । मृतक पुरुषमा कलेजो सम्बन्धी गम्भीर समस्या रहेको बताइएको छ ।

मृतकका आफन्तले भने चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले भीड हटाएको थियो ।

योसँगै विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो ।

कोरोनाबाट मोरङमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सुनवर्षीका एक पुरुषको कोशी अस्पतालबाट थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

बुधबार, २१ साउन, २०७७, दिउँसोको ०४:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर