विराटनगर । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएपछि शनिबारदेखि विराटनगर महानगरपलिकाभित्र लकडाउन भएको छ ।
शुक्रबार मध्यरातिदेखि लागू हुने गरि साउन ३० गतेसम्म महानगरले लकडाउन घोषणा गरेपछि शनिबार विहानबाट विराटनगर ठप्प बनेको छ ।
लकडाउनको कारण सार्वजनिक यातायात र बजार ठप्प रहेको छ । सडकमा केही सर्वसाधरणको आवतजावत र मोटरसाईकल भने फाटफुट रुपमा गुडेका छन् ।
महानगरस्तरीय कोभिड क्राइसिस मेनेजमेन्ट कमिटि (सीसीएमसी)को शुक्रबार बसेको बैठकले लकडाउन गर्ने निर्णाय गरेको थियो । महानगरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । शुक्रबार साँझसम्म विराटनगर महानगरपालिकाभित्र कोरोना संक्रमितको संख्या १ सय ८ पुगेको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।