स्थायी कमिटी बैठक सकियो 

बैठक स्थगित गर्ने एकल निर्णय अनुचित ठहर

विराटनगर । नेकपाको मंगलबार बसेको स्थायी कमिटीको बैठकले एकतर्फी रुपमा बैठक स्थगित गर्ने सूचना प्रवाह गर्ने कार्यलाई अनुचित ठहर गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ‘पार्टीको विधि विपरित बैठक स्थगित गर्नु उचित थिएन र बैठकको औचित्य थियो भन्ने निर्णय गरेको छ ।’ उहाँले यस अघिको बैठकले निर्धारण गरेको मिति र निर्णय अनुसार नै बैठक भएको पनि बताउनुभयो ।
बैठकले आगामी बैठकको मिति तोक्ने र अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको प्रयास गर्ने गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय पनि गरेको छ ।

बैठकमा पार्टी एकताको रक्षा गर्ने, पार्टीलाई विधि र पद्धतिसम्मत ढंगले अगाडि बढाउने र पार्टीको वर्तमान सङ्कटलाई सकारात्मक ढंगले निकास दिन योगदान पु¥याउनका निम्ति पार्टीका सबै नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आव्हान गरेको छ ।

पार्टीमा एकपछि अर्को अन्यौलता देखा परेको भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले अन्यौल हुनुपर्ने कुनै कुरा नभएको पनि बताउनुभएको छ । उहाँले बैठकमा २९ जना स्थायी समिति सदस्य र दुई जना आमन्त्रित सदस्यहरु सहभागी हुनुभएको पनि जानकारी दिनुभएको छ । नेकपाको स्थायी समितिमा ४४ सदस्यीय छ ।

बैठकमा धेरै ठूलो मिहेनतले पार्टी एकता गरिएकोले धैर्यताका साथ अघि बढ्न र सहमतिको खोजी गर्ने साथै गत पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको निर्णय कार्यान्वयन गर्दै चैत्र महिनामा एकता महाधिवेशनको तयारी गर्ने विषयमा पनि छलफल भएको थियो ।

स्थायी समितिको बैठकले आगामी बैठकको मिति तोकेको छैन । अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर सहमतिको प्रयत्न गर्ने र बेठक बोलाउने गरी प्रचण्डलाई त्यसको जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले हतार हतारमा निर्णय गर्न नहुनेमा सबै सहमत भएकैले बैठकको मितिसमेत नतोकी सहमतिको प्रयत्न गरेको जानकारी दिनुभयो ।

मङ्गलबार, १३ साउन, २०७७, दिउँसोको ०४:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर