लकडाउन अन्त्य, हवाई सेवा र शैक्षिक संस्था भदौबाट खुल्ने

विराटनगर । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन मंगलबार रातिदेखि अन्त्य भएको जनाएको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले चैत ११ देखि लगाएको लकडाउन अन्त्य भएको जानकारी दिनुभएको हो ।

सरकारले लकडाउनको अन्त्यसँगै साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने जनाएको छ । होटल सञ्चालन भएपनि पार्टी र भोजमा भने रोक लगाइएको छ । ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्ने सरकारले जनाएको छ ।

यसैगरी लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।

भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।

मङ्गलबार, ०६ साउन, २०७७, साँझको ०७:१९ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर