नेकपा स्थायी कमिटीको बैठक ११ बजे बस्दै

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । असार १० गतेदेखि पटक पटक स्थगित बैठक आज प्रधानमन्त्री निबास बालुवाटारमा बस्ने तय भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभएको छ ।

यस अघि बसेको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पार्टीको निर्णय अनुसार नचलेको र पार्टीलाई पनि बन्धक बनाएको भन्दै दुवै पदबाट राजिनामा दिनुपर्ने माग गरेका थिए । स्थायी कमिटी बैठकमा आफु विरुद्धको जनमत बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा अनुपस्थित हुन थाल्नुभयो जसले गर्दा बैठक रोकेर दुई अध्यक्षबीच छलफलहरु भएका थिए ।

दुई अध्यक्षबीच अहिलेपनि सहमतिको बिन्दु नभेटिएको नेताहरुले बताएका छन् । सहमतिको आधार नभेटिएको अवस्थामा आजको बैठक पनि स्थगित हुने सम्भावना रहेको आशंका नेतहरुले गरेका छन् ।

मङ्गलबार, ०६ साउन, २०७७, बिहानको १०:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर