पूर्वाञ्चल विश्विद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा स्थापना

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट गोठगाउँ सरेको छ । शुक्रबारदेखि केन्द्रीय कार्यालयको काम गोठगाउँबाट सुरु भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा रहने भन्ने ऐनको यस अघिको व्यवस्था संशोधन भएपछि केन्द्रीय कार्यालय गोठगाउँमै सरेको हो ।
सुन्दरहरैंचाका स्थानीयहरुले लामो संघर्षपछि विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँ सार्न सफल भएको स्थानीय

राजनीतिक दलका नेता नवराज चापागाईले बताउनुभयो । उहाँले लामो प्रयत्न र सबै पक्षको पहलले सार्थकता पाएको भन्दै खुसि व्यक्त गर्नुभयो ।

केन्द्रीय कार्यालय गोठगाउँ सरेपछि विराटनगरमा विश्वविद्यालयको सम्पर्क कार्यालय मात्र रहने भएको छ ।

शुक्रबार, ०२ साउन, २०७७, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर