नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं । नेताहरुबीच सहमति नभएपनि बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

शुक्रबार विहान ११ बजेका लागि बोलाइएको बैठकको लागि अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेको बेला दुई अध्यक्षको कुराकानी हुने भन्दै दिउँसो ३ बजेसम्मको लागि बैठक सारिएको थियो । तर, पुनः साउन ४ गते आइतबार बस्नेगरी बैठक स्थगित गरिएको सुचना स्थायी समिति सदस्यसहरुलाई दिइएको छ ।

नेकपाको आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेपनि सहमति भएको छैन । बिहीबार दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलमा सहमति नजुटेपछि स्थायी समिति बैठक राखेर छलफल गर्ने तय भएको थियो ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । ओलीले भने राजिनामा नदिने बरु पार्टी फुटाउने चेतावनी दिँदै आएका छन् ।

शुक्रबार, ०२ साउन, २०७७, दिउँसोको ०१:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर