अयोध्या नेपालमै भएको प्रधानमन्त्रीको अभिव्यक्ति भाजपाद्वारा खण्डन

विराटनगर । भगवान रामको जन्मस्थल अयोध्या भारतमा नभई नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दावीलाई भारतीय जनता पार्टीले खण्डन गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले रामप्रतिको आस्थामाथि खेलवाड गर्ने काम भएको भन्दै खण्डन गरेको छ ।

भारत सरकारको नेतृत्व गरिरहेको दल भाजपाका प्रवक्ता विजय शोनकर शास्त्रीले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गर्नुभएको छ ।
प्रवक्ता शास्त्रीले ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’

सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले रामको जन्म नेपालको ठोरीमा भएको र भारतमा नक्कली अध्योध्या बनाएर भ्रम र सांस्कृतिक अतिक्रमण गर्ने काम भएको दावी गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर भारतीय मिडियाहरुले आलोचना सुरु गरेका छन् र उनीहरुले राजनीतिक विवादलार्य बढाउन खोजेको तथा बेतुकको कुरा गरेको भन्दै समाचारहरु बनाउन थालेका छन् ।

मङ्गलबार, ३० असार, २०७७, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर