जिल्ला भित्र बस सञ्चालन हुने, भाडा ५० प्रतिशत बढ्ने

विराटनगर । सरकारले जिल्ला भित्र सार्वजनिक सवारी साधन चल्न दिने निण्र्णय गरेको छ । निश्चित मापदण्ड तयार गरेर काठमाण्डौ उपत्यकाभित्र र जिल्ला भित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाउने निर्णय सरकारले गरेको हो ।

मंंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनि सवारी साधनमा सिट क्षमताको आधा मात्र यात्रु बोक्न पाइने, सिटको लहरमा एउटाा छोडेर राख्नु पर्ने, उपत्यका भित्रका तीन जिल्लामा सार्वजनिक सवारी साधन आउजाउ गर्न पाउने तर उपत्यका बाहेक अरु जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी साधन चल्न नपाउने निर्णय भएको छ ।

यसरी सवारी साधन सञ्चालन गर्दा प्रत्येक यात्रुलाई स्यानिटाइजर अनिवार्य लगाएर प्रवेश दिनुपर्ने व्यवस्था गरिएको छ भने यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने भनिएको छ । यो संगै लामो समयदेखि बन्द रहेका बसहरु बुधबारदेखि सडकमा देखिने छन् र जिल्ला भित्र यात्रुहरुलाई आउजाउ गर्न सहज हुनेछ ।

आधा यात्रु राखेर सार्वजनिक बस सेवा सञ्चालन गर्ने निर्णयसँगै सरकारले यो व्यवस्था कायम रहेसम्मका लागि यस अघि कायम भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने निर्णय पनि गरेको छ ।

बिहिबार, २५ असार, २०७७, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर