विराटनगरकी सन्ध्या र जनकपुरका मनिषले दिए नेकपा एमाले दर्ताका लागि निवेदन

विराटनगर । विराटनगरकी सन्ध्या तिवारी र जनकपुरका मनिष सहित १९ जनाले नेकपा एमाले नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक चलिरहेको बेला यस अघि राजनीतिक वृत्तमा नाम नसुनिएका सन्ध्या र मनिषले नयाँ पार्टी दर्ताको निवेदन दिएपछि नेकपा भित्र एक प्रकारको हलचल भएको छ । हलचल मात्र हैन दल दर्ताको योजनाकार हुनसक्ने आशंका गर्दै प्रधानमन्त्री केपी शर्मा ओली तर्फ प्रश्नहरु सोझ्याएका छन् ।

सीमा समस्या र समाधानको विषयमा बैठक केन्द्रीत भएको बेला एकाएक निर्वाचन आयोगमा पुरानै नामको दल दर्ता भएपछि नेकपाका शिर्ष नेताहरु गम्भीर भएका छन् ।

जारी स्थायी समिति बैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्री केही शर्मा ओलीलाई सरकारको नेतृत्व छोड्न दवाव दिइरहेको बेला नयाँ दल दर्ताको निवेदन पर्नुलाई नेताहरुले अर्थपूर्णरुपमा हेरेका छन् ।

दल दर्ताका लागि विराटनगर घर भएकी सन्ध्या तिवारी अध्यक्ष र जनकपुरका मनिष महासचिव भएको विवरणसहित आयोगमा निवेदन दर्ता भएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सोमबार साँझ २१ जना व्यक्तिहरु आयोगमै पुगेर दल दर्ताको निवेदन दिएका थिए ।

मङ्गलबार, १६ असार, २०७७, रातीको ०८:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर