स्थायी समितिका २१ जना नेताले धारणा राखेपछि बैठक स्थगित

 

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी समिति बैठक तीन दिनपछि बस्ने गरी स्थगित भएको छ ।

दुई अध्यक्षले सम्वोधन गरेर असार १० गतेबाट सुरु भएको बैठकको पहिलो दिन एजेण्डा थप गर्ने काम भएको थियो भने त्यस पछिका बैठकमा नेपाल भारत सीमा समस्याको विषयमा छलफल भएको थियो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले असार १४ गते जननेता मदन भण्डारीको जन्मदिन मनाउन र असार १५ गते राष्ट्रिय धान दिवस मनाउनु पर्ने भएकोले असार १६ गते बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिनुभयो ।

नेकपाको बैठकमा अहिलेसम्म २१ जना नेताहरुले आफ्नो धारणा राखिसक्नु भएको छ । बैठकमा विभिन्न ८ एजेण्डामा छलफल हुने बताइएको छ । बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राख्नुभएको छ ।

बैठकमा बोल्ने स्थायी समिति सदस्यहरुले भारतसँगको सीमा समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भन्ने मत व्यक्त गर्नुभएको बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागी भएर निस्किनुभएको थियो । स्वास्थ्यमा समस्या रहेको जानकारी दिएर उहाँ बैठकबाट बाहिरिनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार अध्यक्ष ओली बैठकमा सहभागी नभएको भन्दै कडा टिप्पणी र विरोध भएपछि शनिबारको बेठकमा उपस्थित भएर फर्किनुभएको हो ।

शनिबार, १३ असार, २०७७, साँझको ०५:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर