नेकपा स्थायी समितिको बैठक सुरु

काठमाडौं । दुई दिन अगाडि सुरु भएको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पुनः सुरु भएको छ।

बैठकको सुरुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को मन्तव्य पछि आजसम्मका लागि बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी आजको बैठकमा कोरोनाको नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र विविध विषयमा छलफल हुनेछ।

विविधमा रुकुमपश्चिमा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरुको भत्ताका विषयसमेत छलफल हुने जनाइएको छ ।

शुक्रबार, १२ असार, २०७७, दिउँसोको १२:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर