क्वारेन्टाइनमै एक पुरुषद्वारा आत्महत्या

विराटनगर । विपक्षी दललगायत आलोचकहरुले क्वारेन्टाइनलाई मृत्युशालाको संज्ञा दिइरहेको बेला अर्घाखाँचीमा अर्का एकजना पुरुषले क्वारेन्टाइनमै आत्महत्या गरेका छन् ।

आरडिटी परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएका उनले पिसिआर रिपोर्ट आउनु अगावै आत्महत्या गरेका हुन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा ५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेको जनाइएको छ ।

सो ठाउँमा विद्यालयलाई क्वारेन्टाइन बनाइएको थियो । राती सँगैबसेका अन्य साथीहरु निदाएको मौका छोपी हुनले विद्यालय नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।

विकको गत जेठ २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । अझै पनि उनको रिपोर्ट नआएको बताइएको छ । उनी भारतको पञ्जाबबाट २५ दिन अगाडि नेपाल आएका थिए । क्वारेन्टाइनमा अन्य २५ जना रहेका छन् ।

पिसिआर रिपोर्ट आउन ढिलाई भएको कारण उनको नैराश्यताका कारण मृत्यु भएको हुनसक्ने सरकारी अधिकारीलाई उल्लेख गर्दै समाचारहरु सार्वजनिक भएका छन् ।

स्रोत : अनलाइनखबर

बुधबार, ०३ असार, २०७७, बिहानको ११:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर