प्रधानसेनापति र सशस्त्रका प्रमुख किन जाँदैछन् कालापानी क्षेत्र ?

काठमाडौं । भारत–नेपालबीच सिमा सम्बन्धी तनाब बढीरहेका बेला नेपालको दार्चुलास्थित भारतीय सीमा क्षेत्रको अनुगमनमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल आज त्यसतर्फ जाने हुनुभएको छ ।

कालापानी नजिकै नेपाली भू–भागमा भारतीय सेनाले खडा गरेको अस्थायी क्याम्प र नेपालले छाङ्राङमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न सेनापति थापा र प्रमुख खनाल जान लाग्नु भएको हो ।

अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ । नेपाली सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटोका लागि घाँटी बगरमा ट्र्याक खोल्ने काम पनि अहिले नेपाली सेनाले गरिररहेको छ ।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच दुवै जना त्यहाँ जान लाग्नु भएको हो । भारत–चीनबीचको तनाब पनि यसैबेला बढीरहेको छ । हिंजो मात्रै चिनिया सेनाद्वारा भारतका कर्णलसहित २० जना भारतीय सेनालाई मारिदिएको थियो ।

बुधबार, ०३ असार, २०७७, बिहानको १०:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर