विराटनगर । नेपालमा थप ३१४ जना कोरोना संक्रमितहरुको पहिचान भएको छ । योसँगै नेपालमा ३ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार २ सय ९४ जना पुरुष र २० जना महिलामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा झापाका ९ जना, सुनसरीका १ जना, मोरङका ९ जना, पाँचथरका १ जना, सप्तरीका ६ जना, बलांग बिउ गाउँपालिका क्वारेन्टाइनका १६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका १५ जना, स्याङ्जाका १ जना, पोखराका १ जना, पर्साका ८ जना, बाराका ७ जना, रौटहटका ११ जना, दाङका ४ जना, बाँकेका १ जना, बर्दियाका १८ जना, दैलेखका १० जना, सल्यानका ५ जना, सुर्खेतका १ जना, अर्घाखाँचीका ३१ जना, गुल्मीका १ जना, कपिलवस्तुका २४ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, प्यूठानका ८ जना र रुपन्देहीका ५ जना, महोत्तरीका १२ जना र सर्लाहीका १०६ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।
हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।
सोमबार देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टिनमा रहेका छन भने आइसोलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेको छ ।