विराटनगर । कोरोना भाइरस (कोभीड–१९) का कारण विश्वमा ४ लाख भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । भाइरसका कारण ४ लाख २ हजार ९४ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिमा मात्र १ लाख १२ हजार ९६ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा १९ लाख ८८ हजार ५४४ जनामा भाइरस संक्रमण भएको छ । ति मध्ये ७ लाख ५१ हजार ८५४ जना निको भएका छन् ।
भाइरस संक्रमणका हिसाबले ब्राजिल दोश्रो प्रभावित मुलुक बनेको छ । त्यहाँ ६ लाख ७६ हजार ४९४ जनामा भाइरस संक्रमण भएको छ । ब्राजिलमा कोरोनाका कारण ३६ हजार ४४ जनाको मृत्यु भएको छ ।
भाइरसका कारण मृत्यु हुनेको संख्याका आधारमा अमेरिका पछि संयुक्त अधिराज्य छ । त्यहाँ ४० हजार ४६५ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिल तेस्रो स्थानमा छ । इटली चौथो स्थानमा छ जहाँ ३३ हजार ८ सय ४६ जनाको ज्यान गएको छ । फ्रान्स पाँचौ स्थानमा छ । फ्रान्समा २९ हजार १४२ जनाको मृत्यु भएको छ । त्यस पछि स्पेनमा धेरैको ज्यान गएको छ ।
छिमेकी मुलुक भारतमा पछिल्लो समय भाइरस संक्रमण तिब्र बन्दै गएको छ । यतिबे्ला विश्वको भाइरस प्रभावित मुलुक मध्ये भारत छैठौं नम्बरमा छ । भारतमा अहिलेसम्म २ लाख ४६ हजार ६२२ जनामा भाइरस संक्रमण पुष्टि भइसकेको छ । हिजो मात्र भारतमा १० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या भने तुलनात्मकरुपमा कम देखिन्छ । भारतमा अहिलेसम्म ६ हजार ९४६ जनाको मृत्यु भइसकेको छ ।