दरैया बस्तीमा स्वास्थ्य चौकी स्थापना

विराटनगर : विराटनगर महानगरपालिकाले वडा नं. १६ स्थित दरैया बस्तीमा आधारभुत स्वास्थ्य चौकी स्थापना गरेको छ ।

विराटनगर महानगरपालिकाले भारतसँग जोडिएको उक्त वडाका स्थानीयबासीमा स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यका साथ स्वास्थ्य चौकी स्थापना गरेको हो । उक्त क्षेत्रमा स्वास्थ्य चौकी नहँुदा विभिन्न स्वास्थ्य समस्या झेल्न विवश भएका बालबालिका, गर्भवती तथा वृद्धवृद्धाहरु हाल खुशी भएका छन । १ जना डाक्टर र १ जना नर्स रहने गरी स्थापना गरिएको स्वास्थ्य चौकीबाट स्थानीयले गर्भवती सेवा, परिवार नियोजन सेवा, खोप सेवा र क्षयरोग तथा कुष्ठरोगका निःशुल्क औषधीहरु लगायतका प्राथमिक स्वास्थ्य उपचारका सेवाहरु पाउने विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले बताउनुभयो ।

बुधबार एक अनौपचारिक कार्यक्रमका बिच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको छ । सोही अवसरमा बोल्नुहुँदै मेयर पराजुलीले नगरका हरेक क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ महानगरले काम गरिरहेको जानकारी गराउनुभयो ।

महानगरले भने यसअघि पनि विराटनगर–४ स्थित ईकराही चोकमा आधारभूत स्वास्थ्य चौकी स्थापना गरि सञ्चालनमा ल्याईसकेको छ ।

बुधबार, २१ जेठ, २०७७, साँझको ०५:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर