रतुवामाईमा चट्याङ लागेर एकको मृत्यु

इटहरा । मोरङ रतुवामाई नगरपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्वर ६ शान्तिपुरका अन्दाजी २०- २२ बर्षीय नेत्रबहादुर श्रेष्ठको मृत्यु भएको हो । आइतबार दिउँसो हावाहुरीसहित पानी परिरहेको बेला बाख्रा लिन जाने क्रममा श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागे पश्चात श्रेष्ठलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा घरमै मृत्यु भएको ६ नम्वर वडा अध्यक्ष तुलाराम लुइटेलले जानकारी दिनुभयो । मृतकलाई पोस्माटमका लागि मंगलबारे हस्पिटलमा लगिएको थियो ।

सोमबार, १९ जेठ, २०७७, रातीको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर