विराटनगर । भारतीय तस्करहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले रौटहटमा हवाई फायर गरेको छ ।
सामानसहित आएका व्यक्तिलाई सशस्त्र प्रहरीले फर्काएपछि ठूलो संख्यामा गाउँलेहरु ल्याएर सशस्त्र प्रहरीलाई घेरा हाल्ने र हतियार खोस्ने प्रयत्न गरेका थिए । त्यसको प्रतिकार गर्दै सशस्त्र प्रहरीले हवाई फायर गरेर उनीहरुलाई भगाएको हो ।
सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा हवाइ फायर गर्नुपर्ने अवस्था उत्पन्न भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिनुभयो ।