लकडाउनमा भएको दुर्घटनामा २३ जनाको मृत्यु

विराटनगर । लकडाउनको समयमा सीमित सवारी साधन मात्र सञ्चालन हुने भएपनि प्रदेश १ मा ८१ वटा सवारी दुर्घटनामा परि २३ जनाको मृत्यु भएको छ ।

चैत ११ देखि जेठ १२ गतेसम्म प्रदेश १ मा २६ जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भिमबहादुर दाहालले जानकारी दिनुभयो ।

जेठ १२ गतेसम्म लकडाउन भएको ६१ दिन पुरा हुदा सबैभन्दा बढी दुर्घटनामा परि मोरङमा ८ जनाले ज्यान गुमाएका छन् । दुर्घटना परि सुनसरीमा ६, झापामा ५, ताप्लेजुङमा २ र ओखलढुङगमा एक जनाको मृत्यु भएको हो ।

लकडाउन सुरु हुँदा सबैभन्दा बढी जेठमा दुर्घटनमा परि मृत्यु भएको छ । चैत महिनामा ९ जनाको मृत्यु भएको छ भने यस्तै बैशाखमा ६ र जेठ १२ गतेसम्म ८ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

लकडाउनको समयमा सवारी दुर्घटनामा परि गम्भीर घाइते २९ जना भएका छन् भने सामान्य घाइते ८९ जना रहेका छन् । सवारी दुर्घटना हुने सबैभन्दा बढी मोटसाइकल रहेको एसपी दाहालले बताउनुभयो । धेरै सवारी साधान अनियन्त्रित भईं आफैं दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

शनिबार, १७ जेठ, २०७७, बिहानको १०:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर