रुकुम हत्याकाण्डको विरोधमा विराटनगरमा प्रदर्शन

विराटनगर । रुकुम पश्चित चौरजहारी नगरपालिका—८ सोतीमा भएको नरसंहारबाट ५ जना मारिएको घटनाको निष्पक्ष छानविन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै शुक्रबार देशभर एकसाथ प्रदर्शन गरिएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ मोरङ, दलित मुक्ति संगठन, नेपाल दलित संघ मोरङ लगायत दलित अभियानमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा एक घण्टा धर्ना दिनुका साथै घटनाका दोषिलाई कडा कानुनी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकार मदल भुजेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ १ नं. प्रदेशका कोषाध्यक्ष पदमकुमार सरदार मोरङका अध्यक्ष किशोर विश्वकर्मा, नेपाल दलित संघका प्रतिनिधि सिताराम विश्वकर्मा, दलित मुक्ति संगठनका नेता जितनारायण सरदार, सुभाष कुमार सरदार र रिडेफ नेपालका सचिव कपिल सुनार, परिवर्तनका लागि हातेमालो अभियानका अध्यक्ष विनोद चहार(परियार) लगायत विभिन्न संघ संस्थाको अगुवाईमा मोरङका दलित अगुवाहरु धर्नामा बसेका थिए ।
धर्नापछीको कोणसभामा बोल्दै मानव अधिकार सञ्जाल प्रदेश १ संयोजक डिग घिमिरेले रुकुम पश्चिम चौरजहारीको हत्याकाण्ड क्रुर मानविय अपराध भएकाले घटनाका विषयमा सत्यतथ्य छानविन गरि दाषिलाई हदैसम्मको कारवाहीको माग गर्नुभयो ।
कोणसभामा सवै संघ संस्थाको प्रतिनिधित्व गर्दै दलित मुक्त संगठन मोरङका नेता जीतनारायण सरदारले हत्याकाण्डको भत्र्सना गर्दै सरकारले यस्ता प्रकारका जघन्य अपराधको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
धर्नापछि प्रजिअ भुजेलाई बुझाइएको ज्ञापन पत्रमा अन्तरजातीय विवाह गर्न पाउने स्वतन्त्रतामा कानुनले समेत बन्देज नलगाएको तथा प्रेमकै विषयलाई लिएर हत्या समेतका घटनाहरु हुनु संविधान, कानुन र मानव अधिकारका दृष्टिले समेत जघन्य अपराध भएकाले सत्यतथ्य छानविन गरि कारबाही गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ भुजेलले तत्काल सम्बन्धीत निकायमा पठाउने आश्वासन दिनुभयो । उहाँले. रुकुम घटनाप्रति सरकारको ध्यानाकर्षण भएको बताउनु भयो ।

शनिबार, १७ जेठ, २०७७, बिहानको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर