चाँदी र तामाका समानसहित पक्राउ

विर्तामोड ।  झापाको मेचीनगर नगरपालिका ६ मेचीखोला छेउबाट ठूलो परिमाणमा चाँदी र तामाको सामानसहित २ जना पक्राउ परेका छन् ।

आईतवार अपरान्ह ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका ६ बौद्धका ३४ वर्षीय अजित नगरकोटी र काठमाडौ १ का ३८ वर्षीय श्याम सुनुवारलाई पक्राउ गरेको हो ।

चाँदी र तामाका सामानसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । नगरकोटी र मुखियाको साथबाट प्रहरीले ११ केजी ९०० ग्राम बराबरको चाँदीका सामान र २१ केजी बराबरको तामाका सामान बरामद गरेको हो ।

पक्राउ परेका मानिस तथा सामानसमेत आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको प्रहरीले जनाएको छ ।

मङ्गलबार, ०६ फागुन, २०७६, दिउँसोको ०१:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर