प्रमुख कोइरालाले लागुऔषध प्रयोगकर्तालाई ‘पिटाइ खान्छौ’ भनेपछि….

विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला आफू प्रमुख अतिथि रहेको एक कार्यक्रममा लागुऔषध प्रयोगकर्ताहरुले गरेको प्रतिवादको सामना गर्नुपरेको छ । लागुऔषध प्रयोगकर्ताहरुलाई सुध्रिनका लागि दिएको सुझाव ग्रहण गर्नुको साटो उनीहरुले मेयर कोइरालाको भनाइमा प्रतिवाद गर्दै पहिले रोजगारी दिएर अर्ति दिन भनेका थिए । जसलाई उपस्थित अन्य प्रयोगकर्ताहरुले ताली बजाएर हुटिङसमेत गरेका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना र इलाका प्रहरी कार्यालय रानीको सह आयोजनामा आइतबार भएको दुव्र्यवसनी विरुद्ध आमाहरु अभियान कार्यक्रमको प्रमुख अतिथि थिए, मेयर कोइरला । उक्त कार्यक्रममा लागुऔषध प्रयोगकर्ताहरुको पनि सहभागिता थियो ।

कार्यक्रममा मेयर कोइरालाले लागुऔषध प्रयोगकर्तालाई भने, ‘तिमीहरु अब सुध्रिन्नु पर्छ नभए पिटाइ खान्छौ ।’ मेयर कोइरालाले यति भनेपछि प्रयोगकर्ताहरुले होहल्ला सुरु रे । त्यतिबेला दर्शक दीर्घामा बसेका एक प्रयोगकर्ताले भने, ‘हाम्रालागि पहिले रोजगारी सिर्जना गर्नुहोस् मेयर साब, हामी आफैं यो कुलत परित्याग गर्छौं ।’ ती प्रयोगकर्ताले मेयरसँग रोजगारीको माग गरेपछि अरु सहभागीहरुले समर्थनमा हुटिङ गरेका थिए ।

त्यसपछि पुन ः मेयर कोइराला बोल्दा प्रयोगकर्ताहरुले होहल्ला गरे । त्यसपछि भने मेयर कोइरालाले मन्तव्य छोट्याएका थिए । प्रमुख अतिथिले बोलेपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी चन्द्रकुबेर खापुङ्गले कार्यक्रम समापन गरे । उनले पनि सहभागीहरुलाई करिव दुई मिनेट मात्र सम्बोधन बाचा गर्दै लागुऔषधरहित स्वास्थ्य र सुखी जीवन जिउनुपर्नेमा जोड दिए । लागुऔषधबाट छोराछोरी बिग्रिएका कारण परिवारले ठूलो पीडा व्यहोर्नुपर्ने भएकाले आमाहरुसँग मिलेर यो अभियान सुरु गरिएको उनले बताए ।

‘किशोर अवस्थामा साथीभाइको संगत र लहलहैले धेरैका सन्तान लागुऔषध प्रयोग गरेर बिग्रीने गरेको पाइन्छ,’ उनले भने, ‘यो विषयमा सबैभन्दा बढि पीडा आमालाई हुन्छ र यो बारेमा सबैभन्दा पहिले जानकारी पनि आमालाई नै हुन्छ । आमासँगको सहकार्य सबैभन्दा प्रभावकारी हुने निश्कर्षपछि यो कार्यक्रम बनाएका हौं ।’ आफ्नो छोराछोरी लागुऔषधको कुलतमा फसेको छ भन्ने स्वीकार नगर्दा समस्या झन् बल्झिएको उनको भनाइ छ ।

त्यसअघि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले समाजलाई बिरामी र रोगी हुनबाट जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले दुव्र्यसनी छाडेर असल नागरिक बन्न सक्ने बताए । ‘लागुऔषधको कुलत छाडेर देशको असल नेता, कर्मचारी, व्यापारी, उद्योगी, बन्न सकिन्छ, उनले भने ।

वडा नम्बर १५ का अध्यक्ष प्रकाश साहले सीमावर्ती क्षेत्रमा हुने लागूऔषधको ओसारपासर, बिक्रीवितरण र सेवनलाई न्युनीकरण गर्न सरोकारवाला निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले प्रयोगकर्तालाई मात्रै लक्षित गरेर कार्यक्रम सञ्चालन गर्दा अभियानले सार्थकता नपाउने विचार व्यक्त गरे ।

कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी भीम दाहालले लागुऔषध दुव्र्यसनले समाजलाई भयावह बनाउँदै लगेको बताए ।मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले लागूऔषध सेवन गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको बताए ।

चालु आर्थिक वर्ष २०८०÷८१ मा मोरङमा ३२५ वटा लागुऔषधका मुद्दा दर्ता भएको जानकारी दिए । त्यसमध्ये २३४ वटा फछ्र्यौट भइसकेको उनको भनाइ थियो । त्यस्तै २६ महिलासहित ४३० जना पक्राउ गरिएको एसपी कार्कीले बताए । कार्कीले ५७८ ग्राम हिरोइन, २ हजार २२५ किलो गाँजा, ३ हजार १८३ एप्पुल, ५ हजार ६८ चक्की, ८१ दशमलव ४९० ग्राम चरेशसमेत बरामद गरेको जानकारी दिए । उनले प्रहरीको एक्लो प्रयासले मात्रै लागुपदार्थ नियन्त्रण गर्न गाह्रो भएकाले सबैको सहकार्य र समन्वयले नियन्त्रण गर्न सकिने धारणा राखे । सामाजिक अभियन्ता सदिना खातुनङले सीमा नाकामा कडाइ गर्नुपर्नेमा जोड दिइन् ।

सोमबार, ३२ असार, २०८१, बिहानको १०:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर