कोशीमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई आग्रह

विराटनगर । काेशी प्रदेशमा नयाँ सरकार गठनकाे आव्हान गर्न दबाब दिँदै एमाले र माओवादी नेताहरू प्रदेश प्रमुख पर्शुराम खापुङसँग परामर्शमा जुटेका छन् ।

विराटनगरस्थित हाेटल बिगमा आज बिहान आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लिलाबल्लभ अधिकारी र माओवादी नेताहरू ईन्द्रबहादुर आङ्बाे, जीवन आचार्य सहितकाे टाेली आवश्यक परामर्शको लागि प्रदेश प्रमुखकाेमा पुगेका थिए । प्रदेश प्रमुखसगको छोटो कुराकानीपछी नेताहरु निस्किएका छन् । उनीहरुले नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि अबको कदमबारे एमाले–माओवादीको संयुक्त बैठक बसेकाे थियाे ।

प्रदेश प्रमुखसग आजै २ बजे थप छलफल हुने नेताहरुले जनाएका छन् । यस्तै प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत नलिएकोबारे प्रदेश प्रमुखलाई प्रदेशसभा जानकारी गराउनुपर्ने आग्रह गर्न नेताहरु त्यसतर्फ जान लागेको स्रोतले जनाएको छ ।

कानुनी र प्रक्रियागत काम पूरा भएमा आजै नयाँ सरकार गठनको आव्हान हुने संभावना रहेको स्रोतले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले भने पछिल्लो परिस्थितिबारे कानुनी र संबैधानिक परामर्श भैरहेको जनाएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि एमाले–माओवादी नयाँ सरकार गठनमा लागेका हुन् । एमाले नेता कार्कीले मुख्यमन्त्रीले समयमा विश्वासको मत नलिएकाे कारण नयाँ सरकार गठनकाे आव्हान हुने विश्वास व्यक्त गरे ।

उता, प्रदेश सरकार मन्त्रीपरिषद्काे बैठक अहिले बसिरहेकाे छ । उक्त बैठकमा एमाले माओवादीकाे आग्रहमा प्रदेश प्रमुख खापुङले चाल्ने कदमपछि के गर्ने भन्ने विषयमा छलफल भईरहेकाे बुझिएकाे छ ।

बुधबार, २६ बैशाख, २०८१, दिउँसोको १२:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर