बालीघरे प्रथामा अझै वृद्ध व्यस्त, बर्षेनी एक घर ‘मौन धान’

विराटनगर । आब न ओ दिन आ न उमर ! मजदुरी लेल बाहर कोना जाउ । छोटे सँ बाप–पुरखा के लुइर सँ गुजारा क रहल छी ?

६६ वर्षीय सिताराम ठाकुरले भने –‘छौंडासब सैलुन खोलने छै । खाली हमही परम्परागत वाला काज करै छियै ?

जहदा गाउँपालिका वडा नम्बर ३ का सिताराम ठाकुरले सानै उमेरदेखि आत्मसाथ गरेको काम गरिहेकाले अहिले पनि निरन्तरता दिँदै आएको सुनाए । परापूर्वकालदेखि गाउँ घरमा हजाम समुदायले खन (बालीघरे प्रथा ) मा घरघरमा गएर कपाल र दाह्री काट्ने कामलाई निरन्तरता दिएका हुन् । उमेरले बाहिर गएर मजदुरी गर्न नसकिने भएकाले गाउँटोलमा बिहान डुलेर ‘खन’(बाली)मा उनले अहिले पनि घरघरमा गएर कपाल र दाह्री काट्ने गरेका हुन् । उनका तीन छोरा भने खनप्रथाको काममा रुची देखाएका छैनन् । कान्छा छोरा सुशिल ठाकुर नेपाल प्रहरीमा कार्यरत छन् भने जेठो मुकेशले जोगवनीमा सैलुन खोलेका छन् । कान्छो बिरेन भने मजदुरी गर्छन् । सितारामले भने अहिले पनि ३५ घर जेजमानी स्वरुप राखेका छन् । दाह«ी र कपाल काट्ने औजारसहित उनी बिहानैदेखि घरघरमा जाने गरेका छन् । उनको यस्तो काम वर्षैभरी चल्छ । बिहानैदेखि काम भएपछि उनको कमाइ पनि राम्रै हुन्छ होला भन्ने अनुमान लगाउन सकिन्छ । तर, उनी वर्षभरिको आफ्नो पारीश्रमिकबापत अन्नपात लिएर चित्त बुझाउँछन् ।

वर्षभरि गाउँका आफ्ना ग्राहकको कपाल र दाह्री काटेबापत प्रत्येक घरधुरीसँग ज्यालाको रुपमा एक मन धान लिने गरेका छन् । प्रत्येक घरमा दुईदेखि तीन जनाको कपाल र दाह्री काट्नु पर्ने हुन्छ ।

समयमा पुग्नु पर्ने बाध्यता हुन्छ । घरमा समयमा नपुगे भेटेको ठाउँमा नै उनको काम गर्नु पर्ने हुन्छ ठाकुरले भने –‘अपहेलित जस्तै महसुस हुन्छ तर के गर्ने ?’
पहिलैदेखि नै चलिआएको प्रथा भएकाले आफूहरुले काम गरेवापतको मूल्य नपाएको उनको गुनासो छ । ठाकुरका अनुसार विवाह, ब्रतबन्धन, श्राद्धकर्ममा सबैले बोलाउने गरेपनि परिश्रमिक दिन नचाहने गरेको दुःखेसो पोखे ।

उनले हजाम नगईं नहुने तर परिश्रम अनुसारको रकम (दान) दिने बेलामा मजाक बनाउने गरेकाले युवा पुस्ताले परम्परागत काम गर्न नचाहेको बताए ।हप्तामा एक पटक नबोलाए पनि सबैको घरमा जानु पर्ने हुन्छ उनले भने –‘प्रयोग गर्ने औजारमा लाग्ने समान पनि दिँदैनन् ।’ उनले कपाल र दाह्री काट्न प्रयोग हुने ब्लेड र अन्य सामग्री आफंैले किन्नु पर्ने हुन्छ । ‘उनले अहिले त फेसवास, क्रिमसहित कंैची, छुराको मूल्य निकाल्नसमेत समस्या हुने गरेको सुनाए ।

खनमा हजार (हजाम) राख्ने परम्परा दिनादिन कम हुँदै गएको छ । तर केहीले अहिले पनि कहिँ कतै निरन्रता दिएको पाइन्को छ । मैथिली अभियान्ता प्रविणनारायण चौधरीले मिथिला मधेशको समाजमा अहिले पनि विभिन्न श्रमजीवि प्रथा कायमै रहेको बताए । यजमानी परम्परानुसार यजमानहरु आ–आफ्नो श्रमदानी समुदायलाई एउटा निश्चित पारिश्रमिक धानखेती सकेपछि धानको बाली दिने गरेको उनले सुनाए । जसलाई ‘मौन–धान’ भनिन्छ । उनले भने –‘जातीय आधारमा राजनीतिक विद्वेषहरु बढ्दिै गएको कारण आज ती श्रमजीवि समुदायका युवा पुस्ताहरु परम्परागत पेशाबाट विमुख भएका छन् । ‘राज्यलाई कर बुझाउने जस्तै गृहस्थ समाजले राज्यका ती श्रमजीवि समुदायलाई वार्षिक पारिश्रमिक दिने गरेको चलन मिथिलाको जनतन्त्र स्वसंचालित रूपमा रहेको पनि उनी बताउँछन् ।

सैलुनमा गए महंगो हुने भएकाले गाउँघरमा अहिले पनि हजामको घरमा नै कपाल काट्ने चलन छ । उनीहरुका पछिल्ला पुस्ताका युवाहरुले परम्परागत काम गर्नु पर्ने हुँदा सैलुन खोल्ने चलन सुरु भइसकेको छ ।

शुक्रबार, १६ चैत, २०८०, बिहानको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर