भुकम्पपीडितको लागि ११ हजार त्रिपाल र ११ सय ब्ल्यांकेट पठाइयो

काठमाडौ । सरकारले भूकम्प प्रभावित विभिन्न जिल्लामा ११ हजार ६१ थान त्रिपाल पठाएको जनाएको छ।

आइतबार ११ हजार ६१ थान त्रिपालसहित ११ सय थान ब्ल्यांकेट, ११ सय थान स्लिपिङ ब्याग, ५ सय सेट म्याट्रेस र ७ सय थान टेन्ट पठाएको गृह मन्त्रालयले जनाएको छ ।

भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री पठाइएको हो । गृहमन्त्रालय, सशस्त्र प्रहरी र युनिसेफको पहलमा ती सामग्री पठाएको हो।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको टोली ती सामाग्री लिएर प्रभावित क्षेत्रमा पुगेको छ । टोलीमा ऊर्जामन्त्री शक्ति बस्नेत र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत पनि आइतबार भूकम्प प्रभावित जिल्ला पुगेका छन् ।

जजरकोटमा गृह मन्त्रालयले १०० थान ब्ल्यांकेट, १०० थान त्रिपाल र ५५० थान स्लिपिङ ब्याग पठाएको छ । सशस्त्र प्रहरी बलले ५ हजार थान त्रिपाल र ३५० थान ठूला टेन्ट पठाएको छ भने युनिसेफले ६८ थान त्रिपाल र ५ थान म्याट्रेस पठाएको छ ।

रुकुम पश्चिममा गृह मन्त्रालयले १०० थान ब्ल्यांकेट, २२६ थान त्रिपाल र ५५० थान स्लिपिङ ब्याग पठाएको छ । सशस्त्र प्रहरीले ५ हजार थान त्रिपाल र ३५० थान टेन्ट पठाएको छ भने युनिसेफले ६६७ थान त्रिपाल पठाएको छ ।

आइतबार, १९ कार्तिक, २०८०, साँझको ०५:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर