संसदको मर्म र गरिमालाई एमालेले धुलिसात बनायो : पुर्वमुख्यमन्त्री राई

विराटनगर । कोशी प्रदेशका पुर्व मुख्यमन्त्री तथा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले नेकपा एमालेले अनैतिक चरित्र देखाएको टिप्पणी गरेका छन् ।

बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि धारणा राख्दै सांसद राईले संसदको मर्म र गरिमालाई एमालेले समाप्त पार्दै गएको बताए । उनले प्रदेशमा अस्थीरता सिर्जना भएको आरोप लगाए ।

‘कोही मुख्यमन्त्री हुन ४७ सांसद समर्थन रहेको सरकार ढाल्न धेरै थोक गर्ने फेरि ४७ सांसद बोकेर मुख्यमन्त्री दाबी पेश गर्ने यो कहिँ मिल्छ,’ उनले भने, ‘३९ सांसद बोकेर ४७ सांसद ढाल्न सबै प्रयत्न गर्ने । तीन पटक अल्पमतको सरकार तीनपटक त्यो दलले बहुमत पु¥याउन सकेन। जम्मा ३९ सांसल लिएर बस्ने बहुमतको सरकार ढाल्ने, योकुनै नैतिक कुरा हुनसक्छ ।’

उनले मुख्यमन्त्री कार्कीले भविष्यमा गठबन्धनको मुख्यमन्त्रीका रूपमा अगाडि बढ्नुपर्ने बताए । ‘अहिलेकै जसरी मुख्यमन्त्री हुनुथियो भने सायद प्रस्ताव हामीलाई केदार कार्कीलाई भन्दा पहिले आएको थियो होला । दशौं पटक आएको थियो । उद्धव थापा, इन्द्र आङ्बोलाई पनि नगएको होइन । यो तरिकाले मुख्यमन्त्री हुने हो भने हामी पहिल्यै हुन सक्थ्यौं, उनले भने, सबैभन्दा पहिला त हामीलाई आयो होला यो प्रस्ताव । ४ जना भएपछि उहाँहरूको काम चलिहाल्थ्यो । त्यसो हुँदा सबैभन्दा पहिला आयो । त्यसकारण कुनै बहादुरीको कुरा होइन । यो हामीले गठबन्धनको मर्म, भावनालाई आत्मसाथ गरेर त्यो प्रस्ताव स्वीकारेनौं, मुख्यमन्त्री भएनौं ।

केदार कार्कीलाई सिद्धान्ततः विश्वासको मत दिन नहुने राईको भनाइ थियो । उनले प्रदेश सभा विघटन भई मध्यावधि निर्वाचनमा जानबाट रोक्नका लागि विश्वासको मत दिने बताए । सिद्धान्ततः भोट दिन मिल्ने विषय होइन । तर, मध्यावधिलाई जोगाउनुपर्छ भन्ने जनताको चाहना छ । त्यो चाहनालाई कदर गर्दै गठबधनको निर्णय छ, ‘केदार कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री बनाउने,’ उनले भने ।

उनले सरकार गठनका क्रममा कोशी प्रदेश सभामा दुःखद् अभ्यास भएका भन्दै असन्तुष्टि जनाए । उनले प्रदेश सभाको मर्यादा धुलिसात हुँदै गएको पनि बताए । प्रदेश सभाको मर्म, आत्मा कोमामा पुगिसकेको अवस्था छ । एक हिसाबले भन्ने हो भने यो प्रदेश सभा विघटन भएर मध्यावधिमा लगेर ताजा जनादेश ल्याएर यसको आत्मालाई पुनर्जिवित गर्नुपर्ने अवस्था निर्माण भएको छ,’ उनले भने । हाकाहाकी संविधान र कानुनका प्रावधान उलंघन भएको पनि उनको भनाइ थियो ।

मुख्यमन्त्री केदार कार्कीले सिर्जना गरेको गठबन्धन अस्वाभाविक रहेको पनि राईको भनाइ थियो । ‘कांग्रेसबाट विद्रोह गरेको ८ जना र एमालेको सरकार स्वाभाविक गठबन्धन थियो भने ठिक ७ दिन अगाडि एमालेको मुख्यमन्त्री रहँदा विश्वासको मत किन दिन सकेन, यो गठबन्धन सही हो भने हिक्मत कार्कीले पनि विश्वासको मत प्राप्त गर्नुपर्थ्यो नि त,’ उनले भने । सांगठनिक अराजकता र जनादेश विपरीत कार्की गएको पनि उनको भनाइ थियो ।

राईले प्रदेशको नामाकरण पुनः हुनुपर्ने मागलाई बेवास्ता नगर्न पनि आग्रह गरेका छन् ।

बुधबार, ०१ कार्तिक, २०८०, दिउँसोको ०२:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर