ओलीलाई रवि लामिछानेको जवाफ : राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै दललाई भोट हालिरहने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताएा छन ।

मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सभापति लामिछानेले नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति उनले कडा टिप्पणी गरेका छन । सोमबार ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता ? भन्ने अभिव्यक्ति दिएका थिए।

सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पु¥याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने? तपाईकै नेतालाई भोट हालिरहने ? ती भोटर चाहीँ कस्ता ? भन्ने प्रश्न गरे।

‘आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पु¥याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने? तपाईंकै नेतालाई भोट हालिरहने? ती भोटर चाहीँ कस्ता ? यो प्रश्न मैले गर्न चाहन्छु’ उनले भने ।
जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन्।

मङ्गलबार, ३० असोज, २०८०, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर