कोशीका मुख्यमन्त्री कार्कीको शपथ, दुई मन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शनिबार संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शपथ लिएपछि मुख्यमन्त्री कार्कीले आजै एमालेका रामबहादुर राना मगर र आफूलाई मुख्यमन्त्री बन्न सहयोग गरेकामध्ये काँग्रेसका शम्सेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । नेपाली काँग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्रीको सपथ लिएसँगै कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेकपा एमालेले आफ्नो पार्टीबाट तीन जनालाई मन्त्री बनाउन दबाब दिएको भएपनि कार्कीले १–१ जनालाई मात्र नियुक्त गरेका छन् । उनीहरुले पनि प्रदेश प्रमुखसामु पद तथा गोपनियताको शपथ लिएका छन् ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन् ।

आइतबार, २८ असोज, २०८०, दिउँसोको ०३:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर