लैङ्गिक हिंसालाई अन्त्य गर्न कोशीका महिला सांसद प्रतिबद्ध

विराटनगर । समाजमा विद्यमान लैगिक  हिंसालाई शुन्यमा झार्न सहयोग गर्ने कोशी प्रदेशका सबै महिला सांसदहरुले पाँचबुँदे प्रतिबद्धता जनाएका छन् ।

यौन तथा प्रजनन् स्वास्थ्य तथा लैगिक हिंसा रोकथाम तथा प्रतिकार्य न्युनीकरणका लागि सोमवार समाजिक विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको सम्मेलनमा कोशी प्रदेशका ३२ जना महिला संसदहरुले विद्यमान लैगिक हिंसालाई न्यमा झार्न सहयोग गर्न प्रतिबद्ध भएका हुन् ।

सम्मेलनमा सहभागी सांसदहरुले महिला तथा बालबालिका युवा तथा किशोरीहरु अपाङ्गता भएका व्यक्ति, लैगिक तथा अल्पसंख्यक तथा सिमान्तकृत समुदायले भोगिरहेको विभेद र असमानतालाई स्मरण गर्दै कोशी प्रदेशका महिला सांसदहरु लैंगिक हिंसालाई शून्यमा झार्न सक्दो सहयोग गर्ने उपसभामुख सृजना दनुवारले बताइन् । उनले भनिन, ‘हामी समाजमा विद्यमान लैगिक हिंसाको अवस्था र असरप्रभावबारे जानकार छौं यसैले शून्यमा झार्नका लागि नीति निमार्ण गरेर अनि बनेका कानुनहरु अनुगमन गरेर कार्यान्वयन गराउँदै अघि बढ्न प्रतिबद्ध भएर लागिपर्ने छौं ।’

उनीहरुले सरोकारवालाहरुसँग छलफल गरेर प्रभावकारी नीति निर्माण गरेर कार्यान्वयन गराउन शसक्त भूमिका खेल्ने, यौन तथा प्रजनन् स्वास्थ्य अनि जनसांख्यिक विकासको सवालमा विषयगत समितिहरु मार्फत अर्थपूर्ण भूमिका खेल्ने, महिलाविरुद्ध हुने बालविवाह , दाइजो, हिंसा, अनि विभेदपूर्ण लिङ्ग छनौट जस्ता हानिकारण अभ्यासहरुलाई निर्मूल गर्न प्रतिबद्धता जनाएका हुन् । सरकारबाट निर्माण भएका नीति, कानुन र कार्यक्रमहरुको आवधिक अनुगन र मुल्यांकनमा मार्ग निर्देशन गर्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न मातृ मृत्युदर र यौन तथा प्रजनन् स्वास्थ्य अधिकरका लागि सबै वर्ग समुदायको पहुँच सुनिश्चित गराउन आवश्यक लगानी र बजेट विनियोजनमा सहयोग गर्ने पनि उनीहरुले बताए । सँगसँगै लैङ्गिक विभेद र यौन तथा प्रजनन् स्वास्थ्यमा आधारित हिंसा रोकथामका लागि प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गराउने र जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरी पारित गराउने महिला सांसदहरुको प्रतिबद्धता छ ।
कोशी प्रदेश सभामा जम्मा ३३ जना महिला सांसद छन् । सम्मेलनमा सबै महिला सांसदहरुको उपस्थिति रहेको थियो ।

मङ्गलबार, २३ असोज, २०८०, बिहानको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर