कांग्रेस विराटनगर ३ को सभापतिमा बानीया निर्वाचित

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका वडा नं. ३ को सभापतिमा धर्मेन्द्र बानीया (धर्म) निर्वाचित भएका छन् ।   आज सार्वजनिक अन्तिम मतपरिणाम अनुसार २२६ मत ल्याएर धर्म सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति पदमा चार जनाको प्रतिस्पर्धा भएको थियो । सभापति दाबेदार गंगा ढकालले १८७ मत ल्याएका छन् । यस्तै सभापतिका अर्का उम्मेदवार रमेश चापागाईले १४९ र सेमन्त रण अधिकारीले ७ मत प्राप्त गरे । ६२२ मत खसेको मध्ये ५७ मत बदर भएको थियो ।


यसअघिका सभापति सत्रुधन पौडेलल स्थानीय तहको चुनावमा वडाअध्यक्षमा बागी उम्मेदवार दिएपछि उनलाई पार्टीले कारवाही गरेको थियो । सो पद विराटनगर ३ मा रिक्त भएपछि पार्टीले आज चुनाव गराएको हो ।

 

सोमबार, २२ असोज, २०८०, रातीको १०:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर