विराटनगर ।
विराटनगरका अग्रज पत्रकार कमल पौडेललाई ब्लड क्यान्सर देखिएको छ । विराटनगरको मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई ब्लड क्यान्सर देखिएको हो ।
पौडेलले ब्लड क्यान्सर देखिएपछि काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइरहनुभएको छ ।
गत माघ २८ गते परीक्षणको क्रममा ब्लड क्यान्सर देखिएको पौडेलले बताउनुभयो । करिब २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका उहाँको उपचारका लागि ३० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने बताइएको छ ।
पौडेलको उपचारका लागि डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जालले गोफन्डमीमार्फत सहयोग संकलन सुरु गरेको छ ।