केक काट्दा राष्ट्रियतामाथीको प्रहार भन्ने मिडिया आज कहाँ छ ?

 नारायण पोख्रेल

 

सञ्चार माध्यमको प्रयोगबाट जनताले देश विदेशका खबर आदानप्रदान गर्न पाउने, देश विदेश मा घटेका घटना बारे जानकारी लिन दिन पाउने भएकाले सञ्चारको महत्त्व दिन प्रतिदिन बढदै छ। नेपाली समाजमा आज सञ्चारको सुबिधा का कारण देशका हरेक नागरिकले राज्य सन्चालन र नीति निर्माण बारेमा राज्यले गरेका गतिविधि साथै देश विकासको जानकारी लिन पाएका छ्न्। मिडियाकै प्रयोगबाट प्राप्त सूचना का आधारमा नेपाली जनता ले राम्रो कामको समर्थन र नराम्रो काम को बिरोध गरि राज्यलाई खबरदारी गर्ने परिपाटी छ। तर आजको मिडिया कुन रुपले प्रयोग हुँदैछ भन्ने अहिलेको महत्त्वपूर्ण सवाल हो खासगरी अहिले हामी मिडियामा आएको खवरको आधार मा विश्व भरी फैलिएको कोरोना भाइरस को बारेमा जानकारी लिदै बचेर कोरोनासँग लडदै छौं।

अहिले को सन्दर्भमा किन नेपाली मिडिया आलोचनामा मात्र रमाउदै छ ? हो हामिमा आलोचनात्मक चेत हुनु पर्छ तर आलोचना कतिसम्म गर्ने आलोचना पात्र को गर्ने कि पद्धतिको भन्ने कुरा मुख्य हुन्छ जहाँसम्म लाग्छ नेपाली मिडिया आज पात्र केन्द्रित भएका छ्न । व्यक्तिको बिरोध गर्न कुनै व्यक्तिले नराम्रो काम गर्दा बिरोध गर्न हो तर त्यही व्यक्ति ले राम्रो काम गर्दा किन प्रशंसा गर्न डराउछ मिडिया ? के बिरोध को निम्ति विरोध मात्र मिडिया को धर्म हो ? आज नेपाली समाजमा एउटा छुट्टै बहस सुरु भएको छ किन डराएको मिडिया राष्ट्रिय स्वाभाविकको सवालमा ?

आज नेपाल सरकारले हाम्रा पुर्खाको सौर्य बलिदान र अथक संघर्षको परिणाम हाम्रो देशको मिचिएको भूमि फिर्ता गर्ने प्रयास गर्दा किन मौन छन मिडिया ? हिजो प्रधानमन्त्रीले आफ्नो जन्म दिन मनाउदा केक काटेको विषयमा राष्ट्रियता खोज्ने हाम्रा मिडिया आज प्रधानमन्त्रीले नेपाली भूमि मिच्न कसैले सक्दैन भनेर भन्दा किन चर्चा गर्न डराएको मिडिया ?
सुगौली सन्धिपछि आजसम्म नेपाली भूमिमाथी भारतीय दादागिरी विरुद्ध खुलेर आधिकारिक रुपमा सरकार प्रमुखले बोल्न सकेका थिएन्न तर आज प्रधानमन्त्री केपि ओली र उहाँले नेतृत्व गरेको सरकार ले खुलेर बोल्नु मात्र हैन नेपाली भुमी हरु लिपुलेक लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सार्बजनिक गर्दा किन रमाएन रास्ट्रवादी मिडिया ? भारतको मिचाह प्रवृत्ति लाई प्रधानमन्त्री ओलीले भारतले राखेको एउटा चिन्हलाई व्याख्या गर्दै ‘सत्यमेव जयते भारतको प्रतीक चिन्हमा लेखेको छ तर म विश्वास गर्छु । हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ । म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते ?’ यसो भन्दै भारत लाई थर्काउने नेपाल को पहिला प्रधानमन्त्रीको साथमा किन छैन मिडिया ?

प्रधानमन्त्रीले भारतीय दादागिरी र नेपाली सिमा को विषयमा यसरी बोल्दा र नेपाल सरकार ले आफ्नो भूमि समेटी नेपालको नक्सा सार्वजनिक गर्दा उता भारतीय मिडियामा हलचल आएको छ। भारतीय मिडिया नेपाली र नेपाल सरकारमाथि खनिएका छ्न् । भारतको भूमि समेटी नेपाल सरकारले नया नक्सा सार्वजनिक गरेको भन्दै भारतीय मिडियाले हल्ला गर्दै गर्दा हाम्रा मिडिया खुलेर बोल्न सकेका छैन्न। राष्ट्रियताको सवालमा किन मिडिया खुलेर सरकार को साथमा उभिएन सरकारले गरेकोको ऎतिहासिक कामको सकारात्मक रुपमा मिडियावाजी गर्न सक्दैन ? आज यो प्रश्न खडा भएको छ।

‘नेपाली हामी रहौला कहाँ नेपाल नरहे’ आज हाम्रा मिडियाहरुले राष्ट्रियताको सवालमा कोहिपनि प्रतिपक्षी हुदैन। राष्ट्रिय अखण्डता र सिमा सुरक्षाको सवालमा वर्तमान सरकारले गरेको कदम उल्लेखनीय छ र यस कदममा हामी सबै नेपाली एक छौं । अब सिमानामा पर्खाल लाउन नेपाली तयार छन् भन्ने सन्देश बिश्व भर फैलाउनु जरुरी छ। इतिहासमा कैले नहारेको नेपाल र नेपालीले हार्न जानेका छैन्न र नेपाल सरकारले आफ्नो छुटेको भूमि सहितको नक्सा बनाएको हो , कसैसँग सोधपुछ गर्नु जरुरी छैन भन्ने सन्देश विश्व भर फैलाउन नेपाली मिडियाले भूमिका खेल्नु पर्छ। साथै नेपाली भूमि र खासगरि हाम्रो राष्ट्रियता माथि कसैलार्इ धावा बोल्न नदिने सरकार हामीसँग छ । अब सबै नेपाली एक भै नेपाल सरकारलाई सहयोग गरि हाम्रो भुमी फिर्ता ल्याउनु पर्छ भन्ने सन्देश सबै नेपालीमा पुर्याउनु जरुरी छ । र सबै नेपालीलाई सरकारको अभियानसँग जोड्न नेपाली मिडियाको भूपिका महत्त्वपूर्ण छ।

शनिबार, १० जेठ, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर