इटहरी । प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोखरेलले सुनसरीको इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
इटहरी उपमहानगरमै सोमबार नगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमलाई पोरखेलले रकम हस्तान्तरण गर्नुभयो ।
इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा उपसभामुख पोखरेलले ब्यक्तिगत तवरवाट ५० हजार सहयोग गर्नुभएको हो । उहाँ इटहरीकै बासिन्दा हुनुहुन्छ । सहयोगप्रति सम्पूर्ण नगरवासीको तर्फवाट प्रमुख चौधरीले उहाँलाई धन्यवाद ज्ञापन गर्नुभयो ।