उच्च दरमा आत्महत्याका घटना बढेकोमा चिकित्सकहरुको चिन्ता

विराटनगर । नेपालमा आत्महत्याको घटना उच्च दरमा वृद्धि भइरहेको भन्दै समययमै उपचार गरी त्यसलाई नियन्त्रण गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

विराटनगरमा आयोजना यस सम्बन्धी अनुशिक्षण कार्यक्रममा सहभागी चिकित्सकहरुले आत्महत्याको बढ्दो दरप्रति चिन्ता व्यक्त गर्दै सरकार, समुदाय र परिवारको सामुहिक प्रयत्नबाट यसलाई न्यून गर्न सकिने बताएका हुन् ।
विश्वमा प्रत्येक ३ सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने गरेको भन्दै उनीहरुले १५ देखि ३५ वर्ष उमेर समूहका मानिसहरुको मृत्युुको दोस्रो प्रमुख कारणको रुपमा आत्महत्या रहेको बताए ।

नेपालमा आत्महत्याका घटनाले विकराल रुप ल्याउन सक्ने तर्फ सचेत रहँदै त्यसलाई रोकथाम र नियन्त्रण गर्न चिकित्सक, स्वास्थ्यकर्मी, पेशाकर्मी र आम सर्वसाधारणमा यस सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनीहरुले सबैको ध्यानाकर्षण गराएका थिए ।

रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालमा यसका घटना उच्च दरमा बढेको तथ्यांक प्रस्तुत गरेका थिए । हरेक मानिसलाई बाच्ने चाहना हुन्छन्, तर पनि एक होइन एकैपटक धेरैवटा कारण थपिएकाले आत्महत्या रोज्न बाध्य हुनेगरेको बताइएको छ । आत्महत्या गर्ने अवस्थामा पुगेका मानिसहरुले कुनै न कुनै संकेत दिइरहेका हुन्छन् । डा रञ्जन थापाले भने, ‘संकेतहरुका विषयमा अन्तक्रिया गराएर प्रशिक्षण गराइएको छ । सो संकेतलाई पहिचान गरेर त्यस्ता व्यक्तिहरुमा उनीहरुमा रहेको बाच्ने इच्छालाई पुनः जगाउनका लागि सबै चिकित्सकहरुले केही समय दिनुपर्ने बताए । यस्ता व्यक्तिहरुलाई पन्छाउनका लागि संप्रेषण नगरेर जिम्मेवारीका साथ सम्प्रेषण गरे धेरै आत्महत्यालाई रोक्न सकिने प्रशिक्षकहरुले तर्क गरे ।

संघको साइन्टिफिक समितिका कोर्डिनेटर डा. पार्थ गुरागाइँको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञहरु डा. रञ्जन थापा र डा. प्रभात चालिसेले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सहभागी हुन विराटनगर, इनरुवा, रंगेली, उर्लाबारी, र दमकसम्मका ७० जना चिकित्सकहरु सहभागी थिए । संघका सल्लाहकार डा. नारायणकुमार, डा. शंकर अधिकारी, पदाधिकारीहरु डा. सुनिल रेग्मी, डा. तेजेन्द्र कार्की, डा. अमर यादव, डा. प्रेक्षा दली, डा. रितेसकुमार सिंह र डा. राजाबाबु मण्डललगायतको उपस्थिति थियो ।

तालिम समापन पछि प्रशिक्षकद्वयलाई सम्मान गरिएको थियो । त्यस क्रममा बोल्दै संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले आउने दिनहरुमा समयसापेक्ष प्रशिक्षण र सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

कार्यक्रमको समापनमा सहभागीका तर्फबाट बोल्दै डा. शंकर अधिकारीले कार्यक्रमका लागि संघलाई धन्यवाद दिंदै प्रशिक्षणले आफूहरु जस्तो पुराना चिकित्सकहरुले पनि केही नयाँ अपडेट भएको र नयाँ चिकित्सकहरुले पनि मार्गदर्शन भएको बताए । डा. अधिकारीले यस किसिमको प्रशिक्षण मासिक रुपमा नै अगाडि सार्न तथा बढ्दो सहभागी संख्यालाई समेटन् मेडिकल कलेजका हलहरुमा आयोजना गर्न सुझाव दिएका थिए ।

सोमबार, ०१ पुष, २०८१, बिहानको ०८:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर