गणेश लम्साल
सदस्यता विवादमा चरम राजनीतिकरणले गर्दा तोकिएको मितिमा पटक पटक हुन नसकेको नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखाहरुको निर्वाचन २८ मंसिरमा शान्तपूर्वक सम्पन्न भयो । निर्वाचनमा सत्ताधारी दलहरु कांग्रेस र एमालेका भातृ संस्थाहरु प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनले प्रायः देशभरि नेतृत्व हासिल ग¥यो । केन्द्रमा चौतारीकी निर्माला शर्मा अध्यक्षमा निर्वाचित भइन् । कोशीमा पनि चौतारीकै भरत खडका अध्यक्ष बने । मोरङ शाखामा युनियनकी शुसिला पाठक अध्यक्ष चुनिइन् । प्रतिस्पर्धामा उत्रिएका प्रेस सेन्टर र समाजवादी प्रेस संगठनहरुले पनि धेरै ठाउँमा आफ्नो नेतृत्व लिदै पदाधिकारी र सदस्यमा जित मात्र हासिल गरेनन् आफूले पहिले भन्दा सम्मानजक मत पनि प्राप्त गरे ।
अचम्म चाँही के भने स्वतन्त्र भनिएका पत्रकारहरुको निर्वाचनमा सत्तापक्षका दलहरु एमाले र कांग्रेसले पूरै हस्तक्षेप गरे । रासस , गोरखापत्र , रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यरत पत्रकाहरुलाई प्यानलमा भोट नहाले जागिर खोस्ने चेतावनी पनि दिइएछ । अन्य संगठनहरुमा पनि उम्मेदवार छनौटबारे धेरै थोरै उनीहरुका दलहरुले प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेप गरे ।
हुन त महासंघको स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा अब पत्रकारहरुको साझा हित र लोकतन्त्रको रक्षाका लागि लागिपरिरहेको अगुवा नागरिक संस्था पत्रकार महासंघ अब नत शक्तिशाली रह्यो नत सबैको साझा भैरहन सक्यो । जहिल्यै सदस्यता विवाद र सत्तापक्षको तावेदारी अनि राजनैतिक दलको छत्रछायाँले गर्दा देशमा प्रेस तथा अभिव्यक्तिको सुरक्षा गर्ने अगुवा संस्था दाह्रा र नङंग्रा झारिएको बाध भै हुन पुग्यो । जसले गर्दा श्रमजिवि पत्रकारहरुको साझा हित र संविधानको पूर्ण प्रेस स्वतन्त्रता जोगाउन शसक्त भूमिका खेल्नुपर्ने महासंघ राजनैतिक सत्ताको कठपुतली र विदेशी आइएनजीओ र नियोगहरुले प्रयोग गर्ने एउटा एनजिओमा मात्र सिमित हुन पुग्यो । नत पत्रकार महासंघ पत्रकारहरुको अधिकारका लागि टे«ड युनियन नै बन्न सक्यो नत पत्रकार महासंघले आम पत्रकाहरुका लागि समाजिक सुरक्षा कोष नै लागु गराउन सक्यो । प्रतिष्ठानशाखा खोलेपनि पत्रकार महासंघ कार्पोटर मिडिया हाउसहरुसँग जुध्न सकेन ।
बरु झुकेर स्वार्थको फाइदा लिनतिर लाग्यो । पत्रकार महासंघले नत पछाडि परिएका अल्पसंख्यक, महिला, दलित, मधेशी र आदिवासी जनजातिहरुलाई नै पकारिताको नेतृत्व र मुलधारमा ल्याउन सक्यो ? बरु पत्रकार महासंघ पत्रकारहरुमाथि भएका समान्य घटनाहरुमा विज्ञप्ती जारी गर्ने र दाताहरुका केही कार्यक्रम सञ्चालन गर्ने अनि सत्ताको दैलोमा गएर स्वागत थाप्दै तावेदारी गर्ने काममै मात्र सीमित भयो । हुँदाहुँदा गैरवशाली नागरिक अगुवा संस्था महासंघ राजनैतिक आग्रहपूर्वाग्रह सहित पक्षपात सहित झगडा गर्ने पत्रकाहरुको थलो मात्र बन्यो । कतिसम्म भने, तालिममा सहभागी गराउने, कार्यक्रममा आसन ग्रहण गराउने, विदेश पठाउनेदेखि सुझाव लिनेदिने गोष्ठी र अन्तक्र्रिया कार्यक्रमहरुमा पनि पक्षपात हाबी हुन थाल्यो । समानुपातिक शमावेशिता र प्राकृतिक न्याय अनि सकारात्मक विभेदलाई पत्रकार महासंघले चट्टक्कै बिर्सियो । हुन पनि जुन संगठनका पत्रकारहरुले नेतृत्व लिए तिनलाई तिनका संगठन र दलका नेताहरुले आफू अनुकुल चलाउने गरेका छन् ।
यसैले पत्रकारहरुको सिर्जनात्मक विकास महासंघमा सून्य देखिन्छ । आफूले काम गरेको संस्थाबाट तलब पाउन नसकेर पत्रकारहरुले कन्तबिगोज झेलेपनि हजारौं लाखौं चन्दा उठाएर महंगो खर्च गर्न लगाएर चुनावी प्रतिस्पर्धा गराउन भने महासंघ सफल छ । वास्तविक लेखेर खाने र चन्दा उठाउन नसक्ने पत्रकाहरु निर्वाचनमा सहभागी हुनै सक्दैनन् ।अर्को पत्रकार केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखाहरुमा नत पत्रकारहरुका लागि अध्यक्ष गर्ने आधुनिक लाइब्रेरी छ । नत पत्रकार, उनीहरुको परिवार, सञ्चार संस्था र सरोकारवाला संस्थाहरुको अभिलेख नै दुरुस्त छ । पत्रकार महासंघ लेखिखाने पत्रकाहरुको सुरक्षा, पारिश्रमिक र निवृत्तीभरणबारे पटक्कै चिन्तत छैन । महासंघ अब त केवल अर्काले अह्राएको कार्यक्रम आयोजना गरिदिने र स्थापना गरेको पुरस्कार होडबाजी गरेर बाँडिदिने संस्थाका रुपमा मात्र सीमित भएको छ । अध्यन अनुसन्धान गतिविधिमा पनि महासंघ जिरो छ ।
पत्रकार महासघ आफैं भुत्तेभएपछि अब नागरिक समाजको शक्तिशाली र सम्मानित भूमिकाबाट पनि खुम्चिसकेको छ । कतै महासंघ बालक्लब झै त कतै बिचौलियाहरुको अड्डा बनिरहेको छ । अनि महासंघ मात्र मानसम्मान खान र चन्दा उठाउने सदस्यहरु हाबी भएको संस्थाका रुपमा पनि क्रमश परिणत हँुदैगइरहेको छ । अध्यन अनुसन्धान कति पनि नगर्ने र मै हुँ भनेर ‘मपाइत्व’ छाडने नेतृत्व र पदाधिकारीहरुले गर्दा महासंघको प्रतिस्पर्धी र सहकर्मी संस्थाहरु बिच शाख पनि गिरिसकेको छ । अर्थात महासंघ दिनगुना रात चौगुना निरिह बनेर सबैको धाकधम्की र गाली सुन्ने संस्थाका रुपमा परिणत भैरहेको छ ।
महासंघले प्रहरी प्रशासनबाट सहज र छिटो सूचना प्राप्त गर्न पहल पनि गर्ने छाडेको छ । जसले नागरिकहरुको सूचनाको अधिकार कुण्ठित हँुदै गइरहेको छ । सूचनाको हक र मानव अधिकारको संरक्षणमा महासंघ चिन्तित हुनेगरेको छैन ।
संविधानमा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता र सबैलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकका बारेमा पनि महासंघ र आवद्ध सदस्य पत्रकारहरु जानकार हुन छाडेका छन् । यसैले नेपाल पत्रकार महासंघ नागरिक हितका लागि आफनो प्रश्न गर्ने क्षमता गुमाएर सत्ताको ताबेदारीमा रमाउन थालेको छ । अझै आन्तरिक गुटबन्दीको संघर्षमा रमाउने संस्कृति विकास भैरहेकोले पत्रकारहरुको साझा एकतालाई फुटाएर ‘फुटाउ र शासन गर’ भन्नेहरुलाई महासंघ आफैंले बल पु¥याइरहेको छ । यस्तो लाग्छ अब त पत्रकारहरुको साझा भनिएको पत्रकार महासंघ नियोजित बैठक र साधारण सभाका लागि पर्यटन प्रवद्र्धन गराउन र पत्रकारहरुलाई चन्दा संकलन गराएर घुमफिर गराउने संस्थाका रुपमा पो फेरिदै छ की जस्तो लाग्दैछ ।
अझै पत्रकाहरुको स्वायत्त आमप्रशिक्षण केन्द्र र आमसञ्चार आयोगहरु स्थापना हुनसकेका छैनन् । प्रदेश र पालिका तहमा अझै पत्रकारिताबारे अध्यन अनुसन्धान सहित नीति निर्माण हुनसकेका छैनन् । आमसञ्चार प्रतिष्ठान गठन गरिएका छैनन् । यसबारे प्रदेश र शाखाहरुले सरकारलाई दिनुपर्ने जति दवाव दिन सकेका छैनन् । बरु सरकारलाई खुसी बनाएर भवन निर्माण गर्न र आवश्यक नै नभएको गेस्ट हाउस निर्माण गर्नतिर बढी जोड दिनेगरेका छन् । अर्कोतिर पत्रकार आचारसंहिता विपरित महासंघको सदस्य बनेर पत्रकार पनि भइरहने र सरकारका मन्त्री र पालिका प्रमुखदेखी वडाअध्यक्ष सम्मका प्रेस सल्लाहकार बन्ने होडबाजी नै चलेको छ । कोशी प्रदेशमा अझै आमसञ्चार विधेयक निर्माण नै भएको छैन ।
यही पारा रहिरहेमा अब झन् पत्रकार महासंघको गरिमा जोगिदैन घटदै जानेछ । यसैले अब साँच्चै पत्रकारहरुको साझा संस्था बनाउने हो भने महासंघले आप्mनो नयाँ रणनीति बनाएर लागू गर्नुपर्छ । पत्रकारहरु र उनीहरुको संस्था महासंघ सधैं सत्ताको सधैं रचनात्मक प्रतिपक्ष बनेर प्रश्न गर्ने क्षमता राखिरहन्छ भन्ने प्रमाणित गराउन सक्नुपर्छ ।
यो वा त्यो संगठनबाट जे जसरी निर्वाचनमा सहभागी भएपनि अब निर्वाचित भैसकेपछि महासंघका सबै तहका पदाधिकारी र सदस्यहरु सबै पत्रकारहरुका साझा नेता हुन् । देशमा संघीय गणतन्त्र नेपालको संविधान कार्यान्व्यन र मानव अधिकारको संरक्षण गराउने अभियन्ताहरु हुन् । अब पत्रकार महासंघ पत्रकारहरु बिरामी हुँदा वा समस्यामा पर्दा समिति गठन गराएर झोली फैलाउँदै चन्दा माग्ने संस्था बनिरहनु हँुदैन । पत्रकारहरु बिरामी हुँदा र पीडामा पर्दा दयाका लागि मात्र सहयोग गर्ने चलन पनि महासंघले हटाउनुपर्छ । अब त महासंघले एकता बलियो बनाएर श्रमजीवी पत्रकारहरुको आर्थिक, भौतिक र नैतिक सुरक्षा गर्न गराउन सक्नुपर्छ । अब कर्पोरेट सञ्चार संस्थाहरु धनीमाथि झन् धनी हँुदै झाने तर त्यहाँ कार्यरत पत्रकारहरुले महिनांै तलब नपाएर पलायन हुनुपर्ने अनि बंैस हुन्जेल सबै शक्ति सञ्चार संस्थाका लागि खर्चने तर जेष्ठ भएपछि विना निवृतिभरण गलहत्याएर निकालिनु पर्ने बाध्यता अब महासंघले अन्त गराउन लागि पर्नुपर्छ । अर्कोतिर श्रमजीवी पत्रिकाहरु आफंैले चलाएका सञ्चार संस्थाहरु सरकारको गलत नीतिले गर्दा बन्द हँुदै गइरहेका छन् । यसैले स्थानीय र प्रादेशिक नीति बनाएर यो समस्या महासंघले हल गराउनै पर्छ ।
पत्रारिता गर्नु र पत्रकार संम्बद्ध संस्था चलाउनु भनेको व्यावसायिकताको वहानामा केवल नाफा कमाउनु मात्र हैन । समाजप्रतिको उत्तरदायित्व पनि हो । कर्पोरेटीकरण र राजनीतिकरण हाबी भएको पत्रकारिता असल शासनका लागि ‘बाचडग’ बन्न सक्दैन । बरु सत्ता र मालिकहरुको तावेदारी गर्ने ‘ल्यापडग’ बन्न बाध्य हुन्छ । पत्रकारिता भनेको त्यो दायित्व सहितको जिम्मेवार पेशा हो जसले सत्ताले गरेका गलत कामहरुबारे सधै प्रश्न गर्छ , अन्याय, अत्यचार र भ्रष्टचार अनि विकृति विसंगतीको सधंै भण्डाफोर गर्छ । आवाज विहीनहरुका लागि सधैं अगुवा अभियन्ता बनेर तथ्य प्रमाण सहित समाचार सार्वजनिक गर्छ । साँचो पत्रकारता जाली, फटाहा, भ्रष्टचारी र व्यभिचारीहरुदेखी कहिल्यै डराउँदैन । निरन्तर सत्ता र समाजको निरंकुशतासँग लडिरहन्छ । निमुखा जनताको पक्षमा बोलिरहन्छ । पत्रकार भएर दाल भात डुकुमा मात्र रमाउदैन । यसैले त स्वतन्त्र प्रेसलाई लोकतन्त्रको खम्बा र महासंघलाइ संरक्षक भनिएको हो ।
अन्तमा यसैले अब पत्रकार महासंघ आफनो लम्पट चरित्रबाट बाहिर निस्कियोस् र हरेक पत्रकाहरुलाई प्रश्न गर्न सक्ने धारिलो बनाउन उत्प्रेरित गरोस् । अब लहड, रहर, सौख र मानसम्मानका लागि हैन शिक्षित बनेर ज्ञानमा आधरित समाजका लागि जिम्मेवार पत्रकारिता गर्नसक्ने निडर पत्रकाहरु उत्पादनमा जोड दिन सकोस् । अब सधैं नेता बन्न र अरु भन्दा आफू ठूलो संगठन हुँ भन्ने अहंताले सदस्यताका लागि झगडा गरिरहनु भन्दा कमप्युटरीकृत परीक्षा प्रणाली लागू गरेर देशभरि सदस्यता वितरण गराओस् । ताकि पहिले पत्रकार बन्ने अनि मात्र आचारसंहिता, मानव अधिकार र संबिधान र कानुन के हो भनेर सोध्ने पत्रकारहरु हाबी हुन नपाउन् । प्रदेश स्तरमा पत्रकारितामा स्नातोकोत्तरको पढाई सुचारु गराउन पनि महासंघले पहल गरोस् । पत्रकारितामा समाजिक सञ्जाल र इन्टरनेट मार्फत देखिएका गैरकानुनी विकृतीहरु अन्त गराउन लागिपरोस् । फेरि पनि महासंघको सम्पन्न निर्वाचनमा जितेका हारेका सबै उम्मेदवारहरुलाई हार्दिक बधाई र शुभकामना । नेपाल पत्रकार महासंघ हाम्रो मात्र नभएर आम गणतन्त्र र संघीयता प्रेमी नागरिकहरुको हो साझा बनिरहन् सकोस् । सबैलाई शुभकामना !