प्रदेश १ मा ३ हजार बढीको पिसिआर परीक्षण, कुन जिल्लामा कति ?

विराटनगर । सरकारले कोरोना परीक्षणको दायरा विस्तार गरेसँगै नेपालमा कोरोना संक्रमित बिरामीहरुको संख्या थपिँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार हाल नेपालमा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये प्रदेश नं. १ मा ३६ जना संक्रमित भेटिएका छन् ।

प्रदेश सरकार अन्तर्गतको कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिवालयका अनुसार प्रदेश नं. १ मा शनिबारसम्म पिसिआर पद्दतिबाट ८ सय ८९ महिला र २ हजार १ सय २२ जना पुरुष गरि ३ हजार ११ जनाको स्वाब संकलन गरि परीक्षण भएको छ । उनीहरुमध्ये ६ महिला र ३० पुरुष संक्रमित भेटिएका हुन् ।

पिसिआर बिधिबाट प्रदेशमा सबैभन्दा बढी १४ सय ९८ जनाको परिक्षण उदयपुरमा भएको छ भने सबैभन्दा कम ६ जनाको परिक्षण संखुवासभामा भएको छ । प्रदेशमा देखिएका ३६ संक्रमितमध्ये ३३ जना उदयपुरमै भेटिएका हुन् । उदयपुरमा भने ५ सय ४४ जना महिला र ९ सय ५४ जना पुरुषको परीक्षण भएको छ ।

झापामा १ सय १६ महिला र ३ सय ७३ पुरुष गरी ४८९, मोरङमा ९५ महिला र २ सय ९९ पुरुष गरी ३९४, सुनसरीमा ८५ महिला र ३ सय १४ पुरुष गरी ३९९, धनकुटामा १ जना महिला र ९ पुरुष गरी १०, तेह्रथुममा ११ महिला र ४६ पुरुष गरी ५७ जनाको परीक्षण भएको छ । यस्तै संखुवासभामा ३ महिला र ३ पुरुष गरी ६ तथा भोजपुरमा ३ महिला र २३ पुरुष गरी २६ को स्वाब संकलन गरि परीक्षण गरिएको प्रदेश सरकारको कोभिड–१९ निगरानी, अनुगमन तथा तथ्यांक संकलन समितिका संयोजक डा.सरोज विशालले जानकारी दिनुभयो ।

यसैगरी खोटाङबाट ३ महिला र २६ पुरुष गरी २९, ईलाममा १ महिला र ६ पुरुष गरी ७, ओखलढुंगामा २ महिला र १० पुरुष गरी १२, सोलुखुम्बुमा ६ महिला र १२ पुरुष गरी १८, पाँचथरमा १४ महिला र ३४ पुरुष गरी ४८ तथा ताप्लेजुङमा ५ महिला १३ पुरुष गरी १८७ जनाको पिसिआर बिधिबाट परीक्षण भएको छ ।

यसैगरी प्रदेश नं. १ का १४ वटै जिल्लाका १ हजार ७ सय ४३ जना महिला र ७ हजार १ सय ९० जना पुरुष गरि कुल ८ हजार ९ सय ३३ जनाको आरडिटी परिक्षण गरिएको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएको छ । जसमा परिक्षण गरिएका मध्ये ११ जना महिला र १४ जना पुरुष गरि कुल २५ जनाको रिपोर्टमा एण्टिबडी पोजिटिभ देखिएको छ ।

प्रदेश नं. १ मा आरडिटी परिक्षण झापामा २ सय ३ महिला र १ हजार ५९ पुरुष, मोरङ्गमा २ सय ५२ महिला र १ हजार ३ सय २७ पुरुष, सुनसरीमा १ सय ७९ महिला र ८ सय ९३ पुरुष, धनकुटामा ४३ महिला र २ सय ३९ पुरुष, तेह्रथुममा १५० महिला र ४ सय ६७ पुरुष तथा संखुवासभामा ५५ महिला र २ सय १ पुरुषको परीक्षण भएको छ । यस्तै भोजपुरमा १ सय १५ महिला र ४ सय ७४ पुरुष, खोटाङमा ४३ महिला र २ सय ३४ पुरुष, ईलाममा १ सय ५ महिला र ४ सय ७५ पुरुष, ओखलढुंगामा ४३ महिला र २ सय २० पुरुष, सोलुखुम्बुमा ३० महिला र १ सय ३६ जना पुरुष, उदयपुरमा ८६ महिला र ४ सय ५५ पुरुष, पाँचथरमा ३ सय १ महिला र ६ सय ९७ पुरुष तथा ताप्लेजुङमा १ सय ३८ महिला र ३ सय १३ पुरुषको रगतको नमुना संकलन गरि आरडिटी गरिएको छ ।

प्रदेश सरकारले भने कोरोना भाईरस पहिचानका लागी आरडिटी भन्दा पिसिआर परिक्षण पद्दति उत्तम विकल्प भएकाले पिसिआर परिक्षणको क्षमता र दायरा बढाएर कोरोना संक्रमित बिरामीहरुको पहिचान गर्ने काम गरिरहको जनाएको छ ।

शनिबार, ०३ जेठ, २०७७, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर