माओवादीले बेच्न नसकेको चामल

माओवादी आन्दोलनद्वारा प्राप्त अधिकार र उपलब्धिहरू अनेकन छन्, ती सबै उपलब्धीहरूको चर्चा गर्न सम्भव छैन । तर सारंशमा हेर्दा माओवादीको नेतृत्वमा २०५२÷०६३ सम्म सञ्चालित जनयुद्ध र त्यसको जगमा उठेको ऐतिहासिक जनआन्दोलनको बलमा देशमा विद्यमान २५० वर्ष पूरानो सामन्ती राजतन्त्रको अन्त्य भई देशमा गणतन्त्रको स्थापना भएको तथ्य कसैले चाहेर पनि छिपाउन सकदैन ।
माओवादीकै नेतृत्वमा वि.सं. २०७२ सालमा जारी भएको संविधानमा समाजवादउन्मुख राज्य निर्माणको संवैधानिक व्यवस्था गरिएको छ । यसले समाजवादको दिशामा अगाडि बढ्ने वैधानिक ढोका खोलिदिएको छ । माओवादीको प्रस्ताव र नेतृत्वमा एकात्मक राज्य प्रणालीको अन्त्य भई देशमा संघीयता स्थापना गरी सिंहदरबारको अधिकार गाउँ–गाउँमा प्रत्यायोजन गरिएको छ । पिँधमा परेका वर्ग, जाति, लिंग र समुदाय राज्यको नीति निर्माणको तहमा स्थापित भएका छन् । जसका कारण जनताका छोराहरु सासक बन्न पाएका छन् । बालेन साहहरु, हर्क साङपाङहरु, रवि लामिछानेहरुले मुलुक हाँक्ने अवसर पाएका छन् । यो गणतन्त्रको उपलब्धी नै हो ।

माओवादीको नेतृत्व र योजनामा सम्पूर्ण राजतन्त्रीय संरचनाहरूको खारेजी गर्दै गणतान्त्रिक मूल्य–मान्यता र ढाँचामा रूपान्तरित गरिएको छ । जनयुद्धको बलमा अर्धसामन्ती एवं अर्धऔपनिवेशिक चरित्रमा परिवर्तन आएको छ । स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र र समानता एवं पारस्पारिक लाभका आधारमा राष्ट्रिय स्वाधीनता सुदृढ गरिएको हो । माओवादीकै नेतृत्वमा देशमा विद्यमान वर्गीय, जातीय, लिंगीय उत्पीडन र भेदभाव अन्त्य भएको हो । माओवादीले सचालन गरेको जनयुद्धकै बलमा देश एकात्मक प्रतिनिधित्व अन्त्य गरी समानुपातिक एवं समावेशी प्रतिनिधित्व स्थापित गरिएको हो । मुलुकको पहिलो गणतान्त्रिक सरकारले ठूला पूर्वाधार विकासको कामलाई तीव्रतापूर्वक अगाडि बढाएका कारण २५० वर्ष लामो सामन्तीकालमा भन्दा बढी पूर्वाधार पछिल्लो २० वर्षमा विकास भएको छ । राज्यको व्यापक पुनर्संरचना गर्दै ७५३ स्थानीय तहको निर्माण गरी ती स्थानीय तहमा जनताका सरकार स्वचालित छन् । माओवादीको नारा ‘गाउँ–गाउँमा सिंहदरबार’ कार्यान्वयनमा आएसँगै स्थानीय तहमा पूर्वाधार विकासको कामले तीव्रता पाएको हो । जसले आज पदेस र स्थानीय सरकारको अभ्यास हुनुले पालो गरि गरी गाउँ र पछाडिएका श्रेत्रबाट चुनिएका प्रतिनिधीहरु मुख्यमन्त्री र मन्त्री बन्न पाएका छन् ।

माओवादीले नयाँ नेपालको मार्गचित्र प्रस्तुत ग¥यो, जसमा पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, पूर्व–पश्चिम पहाडी लोकमार्ग, तराईमा हुलाकी राजमार्ग, पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलमार्ग, प्रत्येक प्रदेश जोड्ने उत्तर–दक्षिण लोकमार्ग, चीन–भारत दुवै छिमेकसँग जोड्ने नाकाहरू सञ्चालन एवं स्तरोन्नति, ठूला जलविद्युत आयोजनाको निर्माण र विद्युत निर्यात, फास्ट ट्रयाक र बैकल्पिक लोकमार्गको निर्माण एवं बिस्तार, स्मार्ट सिटीहरूको अवधारणा र आधुनिक शहरीकरण लगायतका भौतिक विकासको परिकल्पना सम्मिलित थिए । हाल नेपालमा भौतिक विकासका क्षेत्रमा जे–जति परिकल्पनाहरू कार्यान्वयनमा छन्, ती सबैमा ‘नयाँ नेपालको माओवादी मार्गचित्र’ नै प्रतिविम्बित भएको प्रष्ट छ ।
राज्यका सबै तह र अंगहरूमा महिलाको न्यूनतम ३३ प्रतिशत प्रतिनिधित्व स्थापित गर्नु, राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने, सभामुख र उपसभामुखका साथै राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्थाको एजेन्डा माओवादीकै हो ।
अहिले स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य गरिएको छ । वडामा एक दलित महिलासहित २ महिला निर्वाचित हुने व्यवस्था छ । यसको प्रतिफल नै एउटी झाँगडकी छोरी मन्त्री हुन पाएकी छन् । एउटा दलितको छोरो मेयर र वडाध्यक्ष हुन सकेको छ ।
जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका निम्ति माओवादीले संविधानमा ‘नोट अफ डिसेन्ट’ राख्दै त्यस्तो प्रणाली प्राप्तिका लागि अहिलेपनि संघर्षरत छ ।

माओवादी नेतृत्वको सरकारले विगतमा विद्यमान १८ घण्टा लामो लोडसेडिङको अन्त्य गरी देशलाई उज्यालो युगमा प्रवेश गराएको छ । उज्यालो नेपाल अभियानको थालनी गरी देशका दूरदराजसम्म विद्युत सेवा बिस्तार गरि दश वर्षमा १० हजार विद्युत उत्पादनको लक्ष्यसहित विद्युतमा आत्मनिर्भरताको जग बसाएको माओवादी नेतृत्वको सरकार भएकै बेला हो । हाल नेपालको विद्युत निर्यातको चरणमा छ ।
यी बाहेक शिक्षा, स्वास्थ्य, सहकारी र अन्य क्षेत्रमा माओबादीको नीति तथा योजनाहरु कार्यान्वयनमा छन्, एक गाउँ एक सहकारीको नीति र कार्यक्रम माओवादी एजेन्डा हो । शिक्षामा पुनर्संरचना गरी संघीय नीति र ढाँचाअनुरूप शैक्षिक नीति र संरचनाहरू रूपान्तरित गरी मेडिकल शिक्षालाई व्यवस्थित गर्न चिकित्सा शिक्षा ऐन २०७५ जारी गरी लागू भइसकेको छ ।

धर्मका नाममा हुने गरेको राजनीतिलाई ब्रेक गर्दै प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने तथा कुनै धर्मबाट अलग रहने धार्मिक स्वतन्त्रताको हकको व्यवस्था अर्थात धर्म निरपेक्ष राज्य व्यवस्था माओवादीको जोडबलमा भएको हो ।
यसर्थ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक आलोकद्वारा निर्देशित नेपालका सर्वहारा÷श्रमजीवी वर्गको प्रतिनिधि पार्टी हो । १० वर्ष लामो महान् जनयुद्ध र विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग, पेशा र समुदायका न्यायपूर्ण आवाजहरूको प्रत्यक्ष नेतृत्व गरेको यो पार्टी नेपालका मजदुर, किसान, सुकुम्बासी, बुद्धिजीवी, पेशाकर्मी, महिला, दलित, मधेशी, मुस्लिम लगायत सम्पूर्ण उत्पीडित वर्ग, समुदाय र वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूको पार्टी हो । यी नै समुदायका मान्छेहरु जो हिजो निरङ्कुश राज्य व्यवस्थामा दबिएर बसेका थिए, दास भएका थिए, त्यही समुदायको मान्छे आज कुनै न कुनै माध्यममा नेतृत्वमा पुगेको छ, मधेशी, मुस्लिम, दलित, कोच र सन्थाल समुदाय समेत आज राज्य संरचनाको कुनै ठाउँमा बसेर नीति निर्माण गरिरहेको छ । योजना बनाइरहेको छ । शासन गरिरहेको छ ।

जनताको अधिकार र मुक्ति एवं राष्ट्रको स्वाधीनता र समृद्धिका लागि हजारौं सहिदको रगतबाट जन्मिएको यो पार्टी नेपाली जनताको हित र अधिकार चाहने एक मात्र क्रान्तिकारी र जनमुखी पार्टी हो । यो व्यवस्था परिवर्तनसँगै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सम्पूर्ण रूपले संघर्ष गरिरहेको एवं वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षधर पार्टी हो ।

माओवादी केन्द्रकै संघर्ष र बलिदानीका कारण आज सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको छ, जनताले आफ्नै आँगनमा सरकारको प्रत्यक्ष अनुभूति गर्न पाएका छन् । माओवादी आन्दोलनकै कारण देशमा राजनीतिक, सामाजिक, आर्थिक र विविध प्रकृतिका अधिकारहरू स्थापित भएका छन् ।

यी र यस्ता कयौं जनमुखी कार्यक्रम र स्पष्ट नीति माओवादी केन्द्रसँग हुँदाहुँदै पनि माओवादी कार्यकर्ताले असली चामलको रुपमा रहेका योजनाहरु जनतासम्म पस्किन सकेका छैनन् । बजार अझैपनि झुटको खेती गरेर प्रचार गर्नेहरु, नाटक मञ्चन गरेर छलछाम र झुटको खेती गर्नेहरुको कब्जामा छ । देश र जनताका निम्ति केही नगर्नेहरु अलिले पनि राजनीतिक बजारमा होहल्ला गरेर कराइ कराई पीठो बेचिरहेका छन् । राजनीतिक बजारमा माओवादीले सग्ला चामल पनि बेच्न सकेको छैन ।

 

मङ्गलबार, ०४ मंसिर, २०८१, बिहानको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर