पूर्वसभामुख ढुङ्गानाको निधनमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

विराटनगर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सरकारको निर्णय छ ।

ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि सरकारले गरेको छ। ढुङ्गानाको अन्त्येष्टिअघि सानो गौचरणमा बिहान साढे ११ बजे श्रद्धाञ्जली सभा हुनेछ ।

सोमबार, ०३ मंसिर, २०८१, बिहानको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर