प्रसाईका समर्थकले आगो लगाएका भारतीय ट्रकका चालकको मृत्य

विर्तामोड । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकले ट्रकमा आगजनी गर्दा घाइते भएका भारतीय ट्रक चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
आगलागीबाट घाइते ट्रक चालक भारतको छाप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा रायको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते चालकलाई प्रसाईँले नै सञ्चालन गरेको बीएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नर्थ बङ्गाल मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारकै क्रममा आइतबार राति मृत्यु भएको हो ।

रायको मृत्यु भएपछि उनका आफन्तहरूले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाकासमेत अवरोध गरेका थिए । प्रहरीले दुर्गा प्रसाईँलाई साइबर अपराधमा पक्राउ गरेपछि उनका समर्थकहरूले गत असोज ७ गते बिहान २ः५० बजे विर्तामोड–६ गिरीबन्धु टी–इस्टेट नजिक ट्रमा आगो लगाएका थिए । पूर्वपश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पु¥याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा प्रसाईँका समर्थकहरूले आगजनी गर्दा चालक घाइते भएका थिए ।

भारतीय प्रहरीले नेपाल प्रहरीसङ सहजीकरण गरी मृतकको पठाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । पोस्टमार्टमपछि आफन्तले शव बुझेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । ।उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । अब पक्राउ परेकाहरूलाई ज्यान मुद्दा चलाइने बाँस्तोलाले जानकारी दिए ।

सोमबार, २१ असोज, २०८१, साँझको ०६:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर