दिउँसो कोशीमा ठूलो पानी पर्ने सम्भावना

विराटनगर । शुक्रवार कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानसहित बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा दक्षिण(पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

शुक्रबार, १८ असोज, २०८१, बिहानको ०७:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर