दुहवीमा बहुउद्देश्यीय भवनको शिलान्यास

विराटनगर । सुनसरीको दुहवी नगरपालिकाले बहुउद्देश्यीय भवन बनाउने भएको छ । दुहवी नगरपालिका ५ मा रहेको आफनै जमिनमा ५ तल्ले भवन बनाउने योजनासहित शिलान्यास भएको छ ।

नगरपालिकाले २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसा भ्याट र कन्टीजेन्सी चार्जसहित भवन निर्माण गर्न लागेको हो । भवन २०८३ असोज १० गते सम्पन्न गर्ने सम्झौता छ ।

भवन सम्पन्न भएपछि व्यापारिले कोठा भाडामा लिई व्यापार गर्ने र दुहबी बजार नै चलायमान हुने दावी गरिएको छ । दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारले व्यापारिक भवनको शिल्यानास गर्दै दुहवी नगरपालिकालाई सुधारिएको नगरपालिकाको रुपमा स्थापित गर्न व्यापारिक भवनले महत्वपुर्ण योग्दान पुर्याउने दावी गरे ।

बन्न लागेको व्यापारिक भवनमा टिडिएफ परियोजनाले लगानी गरेको छ । परियोजना ल्याउनको लागि निकै संघर्ष गर्नुपरेको गच्छदारले बताए । व्यापारिक भवन दुहवी नगरपालिकाको सबै बासिन्दाको भएको र त्यसको अनुगमन गर्न उनले आग्रह गरेका छन् ।
फोटो

बिहिबार, १७ असोज, २०८१, साँझको ०५:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर