विराटनगर । राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संघको ६ औं वार्षिकोत्सवका अवसरमा महानगरका मेयर नागेश कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलसमेतको उपस्थितिमा मेयर कोइरालालाई संघका प्रदेश अध्यक्ष सन्तोष कुरुङ्वाङ, सचिव नरेन्द्र दंगाल, संस्थापक अध्यक्ष मोहन तिगेला, सल्लाहकार टीका ढकाललगायतले चेक हस्तान्तरण गरेको महानगरले जनाएको छ । वा
र्षिकोत्सवका अवसरमा गरिने कार्यक्रममा लाग्ने खर्च यसपटक बाढीपीडितका लागि सहयोग गरेको संघका सल्लाहकार टीका ढकालले जानकारी दिए ।